सोर्‍ह-शृंगारको साथमा तीज

                                                                                                                          प्रस्तुती: जुली प्याकुरेल                                                                                                                                                                         

तीज गर्मी तथा वर्षायाममा पर्ने भएकाले वाटरप्रुफ मेकअप गर्नुपर्छ । अनुहार सफा गरेपछि पहिले सनब्लक क्रिम लगाउनुपर्छ । अनुहारमा दागहरू छन् भने कन्सिलरले छोप्न सकिन्छ । सबैभन्दा पहिले आँखाको मेकअप गर्ने । तीज भएकाले रातो, गोल्डेन तथा हरियो आइस्याडो बढी प्रयोग गर्ने । सानो आँखालाई ठूलो देखाउने भएकाले स्मोकी आई अचेल धेरैको रोजाइमा छ । यसका लागि कालो आइस्याडो वा गाजल प्रयोग गर्न सकिन्छ । आइब्रोको छेउमा हाइलाइट गर्नुपर्छ ।

आफ्नो स्किन टोनअनुसारको फाउन्डेसन वा बिबी क्रिम लगाउनुपर्छ । अहिले मेकअपमा हाइलाइटर निकै चल्तीमा छ । त्यसैले हाइलाइटर पाउडर पनि लगाउने । गुलाबी वा रातो रोजको ठाउँमा अहिले ह्वाइट, सिल्भर तथा गोल्डेन फेसनमा छ । जहाँ हाइलाइट गर्ने हो त्यहाँ हाइलाइटर पाउडर टच दिनुपर्छ ।

हाइलाइटर अनुहारको उठेको भागमा प्रयोग गर्नुपर्छ । नाक सानो छ भने चुच्चो देखाउन माथितिर हाइलाइट गरी साइडमा डार्क बनाउन सकिन्छ । धेरै पसिना आउने अनुहार भए लुज पाउडर प्रयोग गर्नुपर्छ । त्यसपछि लिपिस्टिक लगाउनु उपयुक्त हुन्छ । लिपिस्टिक धेरै ग्लसी हुनु हुँदैन । मेकअप गर्दा अनुहारको भागलाई मात्र चिटिक्क पारेर कान, घाँटी वा खुला ब्लाउज लगाउँदा पछाडिको भागमा ओरिजिनल स्किन देखिन्छ । त्यसैले कान, घाँटी तथा ढाडमा पनि फाउन्डेसन लगाउनुपर्छ । तीजमा गोल्ड फेसियल उपयुक्त हुन्छ । तीजको एक वा दुई दिनअघि फेसियल गराउँदा उक्त दिन राम्रो रिजल्ट प्राप्त हुन्छ ।

                                                                                                      सुझाव

सफा नगरिएको अनुहारमा मेकअप नगर्ने ।अनुहारको आकारको हिसाबले ज्वेलरी तथा हेयर स्टाइल छान्ने ।अनुहारको आकार एकदमै सानो छ भने केशलाई चिपिक्क नपार्ने ।वर्षायाम भएकाले वाटरप्रुफ मेकअप गर्ने ।मेकअप लामो समय टिकाउन पहिले अनुहारमा प्राइमर लगाउने । यसले लुक्स पनि राम्रो देखाउँछ ।

 

                                                        (लेखिका बिराटनगरकी वरिष्ठ ब्युटिसियन तथा अल्पस व्युटिपार्लर एन्ड ट्रेनिंग सेन्टरकी संचालिका हुनुहुन्छ )