चलचित्रको साख क्षवि प्रवृत्तिको अन्त्य

                                                              प्रस्तुति: बाणी पोखरेल

नेपाली चलचित्र क्षेत्रको साख यतिखेर पुरै गिरेको अवस्था छ । हलमा दर्शक जान छोडेका छन् । जति गएका छन् तिनीहरु पनि संतुष्ट छैनन । चलचित्रकर्मीहरु पनि चलचित्रमा मन लगाउन छोडेर अन्तै बरालिन थालेका छन् । मिडिया पनि चलचित्र रिपोर्टिंग छोडेर कलाकारका बैयत्तिक जीबनतिर अल्मलिनु पर्ने अवस्थामा आईपुगेका छन् । गत असारदेखि नेपाली मिडिया छबी ओझा र शिल्पाको पछाडी लागेको लाग्यै छन् । पत्रिका, अनलाईन , युट्युभ सबै यिनै दुई मय भएका छन् । रबि लामिछाने काण्ड नपरेको भए अहिले पनि यहि कुरोमा मिडिया अलमल्लिरहेको हुनथ्यो । छबि ओझा १८ वटा चलचित्रका निर्माता हुन् । केहि फिल्ममा यिनका कथा पनि देखिन्छन् । प्रारम्भदेखि नै विबादमा आईरहने यिनी सिनेनगरीमा बहु बिबाहको कारणले पनि चर्चित छन् । ४ वटा बिवाह गरेर सबैभन्दा धेरै बिवाह गर्ने चलचित्र कर्मी पनि यिनै बन्न सफल भएका छन् ।तर अपचोच यिनका कुनै पनि बिवाह सफल भएन ।

चलचित्र निर्माणमा लामो अनुभब र योगदान रहेता पनि दांपत्य जिबनमा सफल नभएका छबिको चारित्रिक कारण नेपाली चलचित्रको साख गिरेको छ । कुनै पनि क्षेत्र नराम्रो हुदैन । त्यसमा क्रियाशील मान्छेहरु राम्रा भैदिए क्षेत्रको पनि इज्जत रहन्थ्यो । तर हाम्रा सिने व्यक्तित्वहरुकै कारण दिन प्रतिदिन सिने जागतलाई हेर्ने दृष्टिकोण ओरालो लागिरहेछ । सिनेकर्मी या सिने पत्रकार भन्न पनि लाज हुने अवस्था आईसक्यो ।

२०४२ सालमै हेमा ओझासंग बिहेवारी गरेर जायजन्म पनि गराईसकेका छविले २०५० सालतिर गितान्जली सुनुवारलाई आफु अबिबाहित भनेर सुटुक्क बिहे गरे । चलचित्रको निर्माता आफु पनि चलचित्रमा जम्न पाउने आसमा गितान्जलीले बिहे त गरिन तर भनेजस्तो भएन । दुईचार वर्ष त आशैआसमा बसिन तर छविले न त फिल्म बनाए न त गीतान्जलीलाई हिरोईन बनाए । अन्यायबाट ठुलै हिरोईनमा जम्ने सुरमा चलचित्रमा आएकी उनलाई सानातिना सहायक भुमिकामै अल्मलाए छबीले । यसैकुरा बाट उनीहरु बिच खटपट भयो । बिबादले ठुलै रुप लियो । अन्तत: गीतान्जलीले प्राण त्याग गरिन । कतिले यो केशलाई हत्या पनि भने तर कानुनले आत्महत्या नै मान्यो ।

गीतान्जली पश्चात छविले रेखा थापालाई फकाए । रेखा काठमाडौमा मिस नेपाल हुन आएकी थिईन । नसकेर त्यतिकै भौतारिरहेकी थिईन । त्यस्तैमा छवीको नजर रेखामा पर्यो । डल्ली डल्ली काली काली हिस्सी परेकी रेखाको यौबनसंग छवि लोभीसकेका थिए । रेखालाई मज्जाले फकाए । चलचित्रको निर्माताले हिरोईन बनाउने सपना देखाएर फकाएपछि रेखा पनि नभकिने कुरै थिएन । सानो उमेर भएकाले रेखाले दायाबाया केहि सोचिनन ।छविका सबै कुरा मानिन । गोप्यरुपमा संगै बस्न थालिन । नभन्दै छविले रेखालाई हिरो फिल्मको हिरोईन बनाए ।

रेखा यहि फिल्मबाट जनमानसमा चिनिन थालिन ।रेखालाई दर्शकले रुचाए पछि राम्रै बिजनेश मिल्ने ठानेर छवीले रेखालाई आफ्ना र अरुका फिल्ममा पनि खेलाए । रेखा पनि राम्रो अभिभावक पाएर दंग पर्दै छबीसंगै रमाउन थालिन । नं १ को स्थानमा रेखा पुगेपछि रेखा पनि दंग । राम्रै छलाँग रेखाले मारिन । निक्कै लामो समयसम्म छबि रेखाले आफ्नो बिहेको कुरो लुकाए । विस्तारै रेखा बुझ्ने हुदै गईन अनि उनमा आर्थिक सम्पन्नता बढ्दै गयो । बिस्तारै दुवैमा कचमच सुरु भयो । लगभग एक दशक रेखा राम्ररी चलचित्रमा छाईन ।

नं एकमै रहन सफल भईन ।कमाई पनि राम्रो भयो । नाम र दाम दुबै मिल्यो । बिस्तारै निर्माणामा पनि हात हालिन रेखाले । बजार सधै एकनास रहदैन । रेखाबाट पनि दर्शक अधाईसकेको थिए । उनको पनि बजार घट्न थाल्यो । छवि पनि रेखासंग अधाई सकेका थिए । अब रेखामाथी लगानी आउदैन भन्ने निष्कर्षमा पुगिसकेका थिए ।दुबैबिचमा खटपट सुरु भैसकेको थियो । मौका यहि हो भन्ने सोचेर छवि रेखासंग बिबाद घटाउनुको सट्टा झन् बढाउनतिर अग्रसर भए । अन्तत यो जोडी पनि छुट्टियों । रेखालाई देखाउन र चलचित्रमा पैसा कमाउन छविलाई अर्कों हिरोईन चाहिएको थियो ।

उनले धेरै केटीहरु हेरे खोजे तर नजर शिल्पामा गएर ठोक्कियो । शिल्पा पनि राम्रो अवसर र मौकाको खोजीमा थिईन । बिबाहित भए पनि अविवाहित भनेर हिड्थिन् ।छविसंग नजिक भएपछि पुरानो घरवार सबै भुसुक्कै बिर्सिन पुगिन । फिल्ममा आएर गतिलो र ठुलो हिरोईन बन्ने परिकल्पनाले अन्धों बनायो शिल्पालाई । अन्ततः आफ्नो सबै कुरा छविलाई सुम्पेर हिरोईन बनिन लज्जामा ।छबिले पनि शिल्पामा राम्रो संभाबना परिकल्पना गरेका थिए । रेखाजस्तै सफल हिरोईन बनाएर दाम कमाउने उनको सपना थियो ।

रेखालाई जस्तै पत्नी बनाएर राखियो भने सबै कमाई घरमै भन्ने उनको सोच थियो । तर भैदियो उल्टो । समय सधै एकनास रहदैन । छविलाई यसपटक भाग्यले साथ दिएन । शिल्पामार्फत रेखालाई इख्याउने र दाम कमाउने योजना सफल भएन । चलचित्रमा शिल्पाले आशातित सफलता पाईनन । सामान्य नाम र दाम आए पनि पहिले जस्तो भएन । जति कोशिश गर्दा पनि केहि लागेन । अन्ततः शिल्पा चलचित्रमा जम्न सकिनन । छबिको उद्देश्य शिल्पालाई पत्नी बनाउने र कमाउने थियो । त्यसो नभएपछि छवि पनि शिल्पासंग रिस गर्न र उसको करियर बनाउन भन्दा पनि बिगार्न पट्टी अग्रसर भए । पत्नी त बनाउन सके तर पत्नीले दाम दिन सकिनन । शिल्पालाई अनाबश्यक लाल्छना र यातना दिन थाले । शिल्पाले पनि सकेसम्म त सहिन । मिल्ने प्रयत्न गरिन । तर उनको केहि लागेन । अन्तत अहिलेको अवस्था आयो ।

पैसा राम्ररी चिनेका छविको नाटक करिव तिन दशक राम्रैसंग मन्चन भयो नेपालमा । तर कसैले केहि भनेनन् । तै चुप मै चुप सबै । उनका कुनै पनि क्रियाकलाप पाच्य थिएनन तर कोहि नबोल्ने । यसैको फाईदा उनले उठाई नै रहे ।आफ्ना भरौटेहरुलाई चलचित्रकै पिता भन्न पनि लगाए । राम्रै दादागिरी यिनको चल्यो नेपालमा । केटीहरु पनि यिनको भुल भुलैयामा फसे । हाम्रा नायिकाहरुले पनि नारीको शत्रु नारी नै भन्ने प्रमाणित गरिदिए । गीतान्जलीलो बिहे गर्दा पनि हेमासंग न सोध्ने न भेट्ने जमर्को गरिन । छविले जे भने त्यहि पत्ताएर हिरोईन बन्ने परिकल्पनामा रमाउदै छविको काखमा सजिलै गईन । रेखाले पनि त्यसै गरिन । शिल्पाले पनि उहि कर्म रोजिन । नारी नै शोषित हुन तयार भए पछि कस्को के लाग्छ र !

छविले शिल्पालाई केही समयदेखि कुटपिट गरिरहेका थिए । छविले कुटपिट गरेपछि शिल्पा आफन्तको घरमा गएर बस्न थालेकी थिइन् । शिल्पा र छवि केही बर्षदेखि एकसाथ बस्दै आएका थिए । उनीहरुले बिहे गरेको पनि केही बर्ष भयो । केही महिना अघि मात्र छविले शिल्पासँग बिहे गरेको स्विकार गरेका थिए । तर, शिल्पा र छविको सम्बन्ध पछिल्लो केही समयदेखि विग्रिएको थियो । शिल्पामाथि छविले कामदेखि अन्य कुरामा समेत हस्तक्षेप गरेको वुझिएको छ । शिल्पा र छविको सम्बन्धमा दरार आएको चर्चा चलचित्र बजारमा चलेको लामै समय भयो ।

शिल्पा र छविले बिहेको चर्चालाई चलचित्र चल्ने बेलामा फन्डा मच्चाउने शैलीको रुपमा मात्र प्रयोग गरेको पाइन्छ । शिल्पा र छविको बिषयमा बजारमा अहिले अर्को चर्चा पनि सुरु भएको छ । केहि दिन अगाडि नायिका पोखरेलले जन्मदिन मनाउँदा छवि उपस्थित नभएपछि उनीहरुबिच खटपट भएको खबर फैलिएको छ । छविले शिल्पाका लागि आएको चलचित्रको अफर उनलाई थाहा नै नदिई ‘अस्विकार’ गर्न थालेपछि शिल्पा छविसँग असन्तुष्ट बनेकी छिन् । बिभिन्न चलचित्र बनाउनु जस्तै ओझाको अर्को पेशा श्रीमती फेर्नु पनि हो भन्ने नबुझ्ने शिल्पा पोख्रेल जस्तिले कुटाइ नखाए करीष्मा मानन्धरले खान्छे त? रेखा थापा जस्ती दबङ गर्लले त खान नसकेकी घरमा शिल्पा पोख्रेलले खान सक्छे र भन्ने त उहिल्यै थाहा थियो।

छवि त एउटा व्यक्ति भए । तर यिनलाई नै पछ्छाउदै यहि प्रवृति नेपाली सिने नगरमा मौलाउदै गएको छ । जबसम्म यो प्रवृतिको अत्य हुदैन तबसम्म चलचित्रको शिर उचो रहदैन । कला बेच्ने माध्यम प्रतिभा र क्षमता हुनुपर्छ । हिरोईन बन्न जस्तोसुकै प्रस्ताब स्विकार गर्ने सोच जबसम्म त्याग्न सकिदैन तबसम्म छवि प्रवृत्तिको मलजल भैराख्छ । क्षवि प्रवृत्तिको अत्य नगरि सिने क्षेत्रको न इज्जत आउँछ त न सान नै ! त्यसैले बेलैमा सचेत बनौ । बिशेष गरी महिलाले अाखॉ खोल्नै पर्छ।