रेस्लर जुरेलीलाई जापानमा इनकरेजमेन्ट अवार्ड प्रदान ।

समावेशी इङ्करेजमेन्ट अवार्ड कार्यक्रम जपानमा सम्पन्न भएको छ ।  विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेकाहरुलाई अवार्ड प्रदान गर्ने शिलशिलामा नेपाली खेलक्षेत्रमा रेश्लरको रुपमा परिचित अस्मिता सुनार जुरेलीलाई पनि यो अवार्ड प्रदान गरिएको छ । नेपालबाट जापान पुगेर बिभिन्न पेशा व्यवसाय अंगालेर बसेका व्यक्तित्वहरुको पहलमा यो अवार्ड आयोजना भएको हो ।

बिगत ५ वर्षदेखि रेस्लिंग खेलमा आबद्ध रहेर आफु पनि खेल्दै र अरुलाई पनि खेलाउदै आईरहेकी अस्मिता जुरेली यो सम्मान पाउदा अत्यन्त खुशी र उत्साहित देखिन्छिन् । जापानमै गएर यो अवार्ड थापेको स्वर्णिम पल सम्झिदै भन्छिन -“उमेर छदै सम्मान र पुरस्कार पाए । आफ्नो कामको कदर भएकोमा अत्यन्त खुशी छु ।अझ जापानमै आएर अवार्ड थाप्नुको आनन्द शब्दमा व्यक्त गर्ने सक्ने अवस्था नै छैन । अत्यन्त खुशी आन्नदित छु । अझ काम गर्ने हौसला बढेको छ ।”

अस्मिता रेस्लिंगको अलबा अभिनय र नृत्य पनि राम्रो गर्छिन् । कुनै हिरोईन भन्दा कम छैनन । राम्रो अवसर पाउने हो भने यिनले आफ्नो क्षेत्रमा राम्रै छलाँग मान्ने कुरा स्पस्ट देखिन्छ ।

कार्यक्रममा नेपाली व्यवसायी संघ जपानका अध्यक्ष विजय थकाली, जनप्रगातिशिल मञ्च जपानका अध्यक्ष हवल चन्द्र लामा, सहअयोजक मातृ सन्देश डट कमका सहसम्पदक सन्ता कुमार पहाडी, चितवन जपान समाजका अध्यक्ष राजन श्रेष्ठ,इन्टरनेस्नल नेपालका अयोजक र कार्यक्रमका निर्देशक समिर लामाको उपस्थिति रहेको थियो । अगस्ट १९ का दिन जापानको टोकियोमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न संघसंस्थामा अवद्ध भएका व्यक्तिहरुलाई अवार्ड वितरण गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथी नेपाली व्यवसायीसंघ जापानका अध्यक्ष विजय थकाली रहेका थिए भने जनप्रगतिशिल मञ्च जापानका अध्यक्ष हवल चन्द्र लामा,जापानका सफल व्यावसायी केशब अधिकारी सहआयोजक मातृ सन्देश डट कमका सम्पादक सन्ता कुमार पहाडी, चितवन जापान समाजका अध्यक्ष राजन श्रेष्ठ लगाएका विशिष्ट ब्याक्तीहरुको सहभागी रहेको थियो, क्लब 40 इन्टरनेस्नल नेपालका आयोजनमा उक्त कार्यक्रम भएको थियो ।

अस्मिताको साथमा नेपाली नोट डिजाइनर सुन्दर श्रेष्ठ, सरोज खनाल, धिरेन साक्य,जुना श्रेष्ठ दिपक डोटेल,कमान सिङ लामा,गनेश राई, लक्ष्मी तामाङ ,अन्जु गौतम, मिङ्स लामा, हर्के हवल्दारका खम्बे शिव हरि नेपाल ,शिव शर्मा ,राजेन्द्र गिरि ,अस्मिता बस्नेत लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तीहरुको सहभागी रहेको थियो ।