उत्साहित सौन्दर्यकर्मी गौरी

नेपालको सौन्दर्य क्षेत्रमा पनि नयॉ नयॉ उत्साहित अनुहार देखापर्न थालेका छन् । नारीहरु सुरुदेखि नै सौन्दर्यप्रेमी देखिन्छन् । उनीहरुको ध्यान आफु कसरी राम्री बनौ भन्ने नै हुन्छ । यहि बानीले धेरै नारीहरुलाई सौन्दर्यकर्मी बनाउदै आएको देखिन्छ । गौरी तामांग पनि यस्तै पृष्ठभूमिबाट सौन्दर्यकर्ममा जोडिन आईपुगेकी छिन् । काठमाडौकै काठ क्षेत्रमा जन्मिएकाले शहर त्यति टाढा थिएन तैपनि उनको पहुँचमा थिएन । ग्रामीण परिवेशमा नै उनको बाल्यकाल बित्यो । त्यो स्वर्णिम वाल्यकाल उनलाई अहिले पनि याद आउछ। उनी तारेभिरमा जन्मिन । गोकर्णमा हुर्किन । जोरपाटीमा जिवन व्यतीत गरिरहेकी छिन् ।

हसिली रसिली छिन् । उनलाई भेट्दा जोकोहि उत्साहित हुन्छन् । प्रभावशिल व्यक्तित्व र सरल स्वभाबले उनलाई सबैको प्रिय बनाएको छ । आमा मन्दरी तामांग उनको प्रेरणाश्रोत हुन् । आमाकै मार्ग निर्देशनमा उनको यहॉसम्मको यात्राले बाटो पछ्छाएको छ । आमाको न्यानो माया र साथ उनलाई अहिले पनि छ । स्कुले पढाई सक्ने बित्तिकै उनी कामकाजी नारी बन्न अग्रसर भईन ।शृंगारपटारमा उनको रुची पहिलेदेखिनै थियो । शहरबजार तिर पार्लरको चहक देखेपछि उनलाई पनि त्यसले पच्छायो । आफ्नो रुचीको क्षेत्र भएकाले तुरुन्त निर्णय गर्न पनि उनलाई गाह्रो भएन । तुरुन्त तालिम लिन अग्रसर भईन । बौद्धतिर तालिम पाईने कुरो पत्तो लगाएर त्यहि गईन । रेखा थापासंग तालिम लिन सुरु गरिन ।

रहर र जागर भएकाले आवस्यक कुरा सबै सिक्न कुनै समय नै लागेन । समय बितेको पत्तै पाईनन । सौन्दर्यकर्ममा चाहिने सबै आवस्यक सिप सिकिन । सौन्दर्यशास्त्रको ज्ञान सबै पाईन । एउटी दक्ष व्युटिसियन बन्न सफल भईन । पढ्दा पढ्दै मन मिल्ने साथी पनि भेटिन । छिट्टै बिबाह बन्धनमा बाधिन पुगिन । जीवनसाथी पनि उनलाई बुझ्ने र सहयोगी पाईन । उनको सोच र काममा श्रीमानको सदैव साथ छ । तामांग केटी नेवार केटासंग बिहे भए पनि राम्रो समझदारी बनाउन उनीहरु सफल छन् । श्रीमान् सुरेश श्रेष्ठ र दुई छोराहरुको साथमा आरामको जिन्दगी जिउदै गौरी सौन्दर्य कर्ममा काम गरिरहेकी छिन् ।

आफ्नै पार्लर छ । पार्लरको अलबा काठमाडौमा हुने बिभिन्न सौन्दर्यमुलक कार्यक्रम , फोटोसुट, म्युजिक भिडियो , बिज्ञापन सुटिंग, चलचित्र सुटिंगको मेकअप काममा उनी क्रियाशील रहदै आएकी छिन् । प्रशिक्षकको रुपमा पनि काम गरिरहेकी छिन् ।अरुलाई पनि सौन्दर्यकर्म सिकाउदै आएकी छिन् । सिटिंईभिटीईमा ट्रेनरको रुपमा काम गरिरहेकी छिन् । सौन्दर्यकलाका सबै सिप उनमा छ । मेकअप, मेकअप आर्ट. नेल एक्सटेन्सन , आदि सबै कुरामा उनी पोख्त छिन् । स्क्रिन सम्बन्धी पनि बिज्ञ बन्ने सुरमा तालिम लिई रहेकी छिन् । श्रीमान सुरेश श्रेष्ठले पनि उनलाई आवस्यक स्वतन्त्रता प्रदान गरेर आवस्यक सहयोग गरिरहेका छन् ।

आफ्नै बलबुतामा एउटा पार्लर पनि संचालनमा ल्याएकी छिन् । एस. जी. एस. एस. व्युटि केयर एन्ड ट्रेनिंग सेन्टर नामबाट संचालित पार्लरबाट सेवा गरिरहेकी छिन् । फुर्सदमा संगीत सुन्ने , चलचित्र हेर्ने र  घुमघाम पनि गरिरहेकी छिन् । छोराहरु सानै भएका तिनको स्याहारमा पनि समय दिईनै रहेकी छिन् । दक्षता र राम्रो ज्ञान भएकाले यहि क्षेत्रमै उनको प्रगति हुनेलक्षण देखिदैछ । उनी पनि यसमै रमाएकाी छिन् । कुनै दिन नेपालकै नंब्बर एक व्युटिसियन बनिन भने आ़श्चर्य नमाने हुन्छ । त्यो क्षमता यिनमा छ । केबल अवसर खाँचों मात्रै छ ।