ज्ञानमालाको नयॉ गीत “चुरा पोते” सार्वजनिक

विक्रमको ६० को दशकदेखि नै नेपाली गायनमा देखापरेकी गायिका आशा लामा ज्ञानमालाले आफ्नो नयॉ गीत “चुरा पोते” सार्वजनिक गरेकी छिन् । प्रारम्भमा लोक गीतबाट गायनमा देखापरे पनि हिजोआज आशा आधुनिक गीतमा पनि देखिन थालेकी छिन् ।लोकगायनलाई पनि संगसंगै लिएर हिडिरहेकी आशाले यसपटक स्वागत नेपालको शब्द र चन्द्र कुमार शिवाकोटीको संगीतमा आफ्नो गीत बनाएकी छिन् ।

गीतको आकर्षक भिडियो पनि बनेको छ । भिडियोमा आफै अभिनय गरेकी आशालाई अभिनयमा जयचन्द्र कुमार लामाले साथ दिएका छन् । उनको कला पनि राम्रो छ ।भिडियोमा प्रभावन जे को निर्देशन, संपादन नविन भट्ट, छायॉंकन सागर गौतमको रहेको छ ।

गीतको भिडियो बिमोचन हिजो रसियन कल्चर सेन्टरमा आयोजित डि. ए. आर. सॉस्कृतिक सॉझमा संगीतकारद्वय दिपक जंगम र मदनसिंह नेपालीले संयुक्त रुपमा गरेका थिए ।

दृष्टिबिहिन टेवलटेनिस संध र डिएआर फिल्मस्को संयुक्त आयोजनामा सम्पन यो कार्यक्रममा अपांगता भएका कलाकारहरुको साथमा अन्य कलाकारहरुको राम्रो संयोजन देखिएको थियो । नृत्य र गायनमा दर्शक रमाएका थिए । कार्यक्रमलाई गायिका तथा प्रस्तोता शोभा त्रिपाठीले आकर्षक ढंगबाट संचालन गरेकी थिईन ।