सागका लागि पुरुष तथा महिला राष्ट्रिय क्रिकेट टिम घोषणा

मंसिर १५ देखि  नेपालमा हुने तय दक्षिण एसियाली खेलकुद (साग) का लागि पुरुष तथा महिला राष्ट्रिय टिम घोषणा गरिएको छ। पुरुष टिमका प्रशिक्षक उमेश पटवाल र महिला टिमका प्रशिक्षक जगत टमाटाले राष्ट्रिय टिम घोषणा गरेका छन्। रुविना क्षेत्रीको कप्तानीमा १५ सदस्यीय नेपाली टिमको घोषणा भएको हो ।

रुविनासँगै उपकप्तानमा सीता रानामगर छन् । त्यस्तै, इन्दु बर्मा, काजल श्रेष्ठ, करुणा भण्डारी, अप्सरी बेगम, सोमु खड्का, सरस्वती चौधरी, ममता चौधरी, अञ्जली चन्द,सरिता मगर, शान्ति खतिवडा, रोमा थापा, डली भट्ट र कविता कुवँर रहेका छन् । त्यस्तै  ज्योती पाण्डे, संगिता राई र अस्मिता कर्माचार्य भने वैकल्पिक खेलाडीको सूचिमा छन् ।

पुरुष टिममा शरद भेषवाकार र बसन्त रेग्मी परेका छैनन्। बसन्त केहि महिनादेखि राष्ट्रिय टिममा नरहे पनि शरदले भने बंगलादेशमा भइरहेको इमर्जिङ टिम्स कप खेलिरहेका छन्।सागमा भारत र पाकिस्तान सहभागी छैनन्। टेस्ट राष्ट्रका टिमले यु–२३ टिम सहभागी गराउँदैछन्। ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्रसिंह ऐरी, पारस खड्का, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, विनोद भण्डारी, अभिनास बोहरा, सुसन भारी, सन्दीप जोरा, आरिफ शेख, पवन सर्राफ, ललितनारायण राजवंशी, रासिद खान
वैकल्पिक : रोहिकुमार पौडेल, भीम सार्की र सागर ढकाल खेलाडीको सूचिमा छन् ।