नेपाली महिला भलिबल टिमलाई पहिलो अन्तर्राष्ट्रिय ऐतिहासिक उपाधि

नेपाली महिला भलिबल टोलीले एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ ।बंगलादेशको ढाकामा भएको फाइनल खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराउँदै नेपाल च्याम्प्यिन बनेको हो । नेपाली महिला भबिललमा यो पहिलो अन्तर्राष्ट्रिय उपाधि पनि हो । ऐतिहासिक उपाधि जित्ने क्रममा नेपालले माल्दिभ्सलमाथि २५–१३, २५–१२, २५–८ को सहज जित निकालेको थियो । अपराजित रहँदै उपाधि जितेको नेपालले लिग चरणमा माल्दिभ्स, अफगानिस्तान, कीर्गिस्तान र बंगलादेशलाई हराएको थियो ।

नेपाली महिला भलिबल टिम सन् १९९९ मा पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएको थियो। नेपालले सन् २००६, २०१० र २०१६ को साग पनि कास्य पदक हात पारेको थियो।नेपाली महिला भलिबल टिमले जितेको ठूलो पदक २०१४ मा काठमाडौंमा आयोजना भएको दक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसिपमा जितेको रजतपदक हो। महिला भलिबलले अन्तर्राष्ट्रिय सहभागीता जनाउन थालेको २० वर्षपछि उपाधि जित्दा पुरुष टिम भने अहिलेसम्म उपाधिबिहिन छ।