आलोक तथा एस्पीको नयॉ एल्बम ‘समय’ विमोचन

संगीतकार आलोक श्री तथा गीतकार एस्पी कोइरालाको नयॉ एल्बम ‘समय’ एउटा भव्य समारोह बिच संस्कृतिविद तथा साहित्य सेवी सत्यमोहन जोशीको प्रमुख आतिथ्यमा सम्पन्न भयो । एल्वम विमोचनमा प्रमुख अतिथी जोशीलाई गीतकार किरण खरेल , रत्न शमशेर थापा,उषा शेरचन तथा संगीतकार दीपक जंगम र शम्भुजित बासकोटा अनि संगीत व्यवसायी संन्तोष शर्माले साथ दिएका थिए ।

बिमोचित एल्बममा १३ वटा गीत समावेश छन् भने गायन प्रेमध्वज प्रधान ,रामकृष्ण ढकाल ,प्रमोद खरेल,राज सिग्देल,अन्जु पन्त, दीपक लिम्बु, विवेक श्रेष्ठ, जीना रसाईली , यम बराल , प्रहलाद तिमलसिना , नरहरी प्रेमी , कृष्ण काफ्ले , सिर्जु अधिकारी र रुपक डोटेलको स्वर छ । समावेस गीतहरु गहकिला र स्तरिय छन्  । एउटै एल्बममा यति धेरै गीत समावेश गरिनु पनि चर्चा योग्य बिषय हो ।

समारोहमा एउटा गीतको म्युजिक भिडियो पनि देखाईएको थियो ।रामकृष्ण ढकालको स्वरमा रहेको यो गीतमा गम्भिर विष्ट र करुणा श्रेष्ठको अभिनय छ । गम्भिर विष्टले नै निर्देशन गरेको यो भिडियोमा नवराज उप्रेतिको छायॉकंन र ओम पौडेलको संपादन रहेको छ।एल्बमको प्रकाशन तथा बजार व्यवस्थापन म्युजिक नेपालले गरेको छ भने समारोहमा गीतकार द्वय किरण खरेल र रत्न शमशेर थापा अनि संगीतकार द्वय दीपक जंगम र शंभुजित बासकोटालाई म्युजिक नेपाल सम्मान २०७६ बाट सम्मानित गरिएको थियो ।