‘उदास जवानी’गीतिसंग्रह विमोचित

 

गीतकार कालीप्रसाद रिजाल र संगीतकार सन्तोष श्रेष्ठको  गीतिसंग्रह ‘उदास जवानी’ काठमाडौंमा  आयोजित कार्यक्रममा विमोचन भएको छ । गीतकार कालीप्रसाद रिजाल, संगीतकार दीपक जंगम, गीतकार एवम् चलचित्र निर्देशक यादव खरेल,  साहित्यकार तुलसी दिवस र संगीतकार सन्तोष श्रेष्ठले संयुक्त रुपमा एल्वम विमोचन गरेका थिए । एल्वममा पाँच वटा गीत समावेश छन् । शिशिर योगी, मनोज राज, निशा देशार, राज सागर, रीता केसी र साहिमा श्रेष्ठले स्वर दिएका छन् ।कार्यक्रममा शीर्ष गीत ‘उदास जिन्दगी’ र भ्रुण हत्या विरुद्धको गीत, ‘मै छोरीलाई, गर्भमा नै’ बोलको गीत प्रदर्शन गरिएको थियो ।

राम्रो शब्द र संगीत भएपछि गीत आफै राम्रो बन्छ भन्ने कुरालाई पटक पटक प्रमाणित गर्दै आएका संन्तोषले यसपटक पनि एउटा राम्रो एल्बम बनाउन सफल भएका छन् । उचित स्थान र महत्व पाउने हो भने यों एल्बमका गीतहरुले जनमानसमा राम्रै छाप छाड्ने कुरामा दुई मत छैन ।आर्को कुरा समय अनुसार श्रोताको सोच र रुची बदलिएको परिस्थितीलाई सर्जकले बुझ्न सकेमा गीत अझ युगान्तकारी हुन्छ । यसतर्फ भने सर्जक द्व्य पुग्न सकेको देखिएन । आफ्नै प्रवृत्ति र पारामा उनीहरु रमाएर आफ्नै धारमा उत्कृष्ठ बनाउन पट्टि तल्लिन भएको यहॉ स्पस्ट देखिन्छ । भिडियो निर्माणमा पनि कथा भन्ने शैली उहि छ ।

समीक्षा जुन कोणबाट पनि गर्न सकिन्छ । दुबै सर्जकहरु आफ्नो शैलीमा सफल भने छन् । श्रोताले कसरी ग्रहण गर्छन् त्यो हेर्न बाकी नै छ । म्युजिक भिडियोमा हेम प्रवासको निर्देशन सिनेमेटोग्राफ़ीमा वीरेन्द्र भट्टको र अभिनय तर्फ मोहन निरौला उषा खनाल सिर्जना श्रेष्ठ, सफलता श्रेष्ठ,प्रदिप रिजाल, लक्ष्मी रिजाल र नारायणी उप्रेतीको काम तारिफ योग्य छ ।भिडियो बनाईएका यि दुइ गीत सुनेपछि एल्बमको बारेमा यति कुरा बुझ्न सजिलै हुन्छ ।