म्युजिक नेपाल सम्मान चार सर्जकलाई

नेपाली गीत संगीतलाई प्रवर्धन गर्ने सोचले स्थापित म्युजिक नेपालले आफ्नो ३६ औ वर्षगाँठ पारेर दुई गीतकार र दुइ संगीतकारलाई जनही ५० हज़ार राशी सहित सम्मान गरेको छ । गीतकार उषा शेरचनको सभापतित्वमा सम्पन्न समारोहमा प्रमुख अतिथी संस्कृतिविद् सत्यमोहन जोशीले गीतकार किरण खरेल रत्न शमशेर थापा र सॉगीतकार दीपक जंगम र शंभुजित बासकोटालाई अर्पण गरेका थिए ।

भव्य समारोहमा गीत संगीतका व्यवसायी , सर्जक र शुभचिन्तकहरुको राम्रो उपस्थिती थियो ।समारोहमा संगीतकार आलोक श्री र गीतकार एस्पी कोईरालाको गीतिसंग्रह समय पनि बिमोचन गरिएको थियो ।