देउचुलीमा युनिका र जुरेलीको तहल्का

नेपाली रेस्लिंगमा जमेर लागिपर्दै आएका दुई खेलाडी भगवती खड्का युनिका र अस्मिता सुनार जुरेलीले नवलपरासीको देउचुलीमा हाम्रो खेल प्रदर्शन गरेर त्यहॉका स्थानिय दर्शकमाझ राम्रो छाप छाड्न सफल भएका छन् । नवलपरासीको देउचुलीमा चलिरहेको भिजिट देउचुली पर्यटन उत्सवको दौरान आयोजित दुई दिने भिडन्तमा युनिका र अस्मिताले आफ्नो जोडदार खेल प्रदर्शन गरेर दर्शकमाझ तहल्का नै मच्चाएका थिए ।

पर्यटन मोहत्सोवको प्रमुख आकर्षण बन्न सफल यों जोडीले हिमालयन टाइगर प्रो रेस्लिंग एसोसियसनको मेधा इभेन्टमा आफ्नो खेल कौशल र कला देखाएका थिए । दुई युवतीहरुको महाभिडन्त देख्न पाएर देउचुली वासी दंग थिए । युनिका र जुरेलीको अतिरिक्त हिमालयन टाइगर , मि.यति,बाबुलाई, अजिंगर,दि स्क्रोपिन,मि. किंगकोब्रा, दि वारियरबीच पनि युगल भिडन्त भएको थियो ।खेल गुणराज रुचालले संचालन गरेका थिए ।