आस्थाको दोश्रो एल्बम आधार-२ विमोचित

नेपाली गायनमा बेग्लै प्रकारको स्वर लिएर देखापरेकी गायिका आस्था राउतको दोश्रो एल्बम आधार-२ आज एउटा भव्य समारोह विच बिमोचन सम्पन्न भयो । समारोहमा यसपटक आस्थाले नेपाली कलाकारितामा विशेष पहिचान बनाउन सफल आफ्नै सागीतिक गुरु सॉगीतकार सुरेश अधिकारीको सभापतित्वमा सर्वप्रिय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई प्रमुख अतिथीको रुपमा मन्चासन गराएर आफ्नो दोश्रो कृति बिमोचित गराएकी थिईन ।

नेपाली गायनमा आस्थाको पहिचान र शैलीको सबै अतिथीले खुलेर प्रशंसा गरेका थिए । अतिथीगणको तारिफ सुनेर फुरुंग पर्दै आस्थाले पनि सम्बोधन गरेकी थिइन । आफ्नो वाल्यकालको सागीतिक स्मरण सुनाउदै घरि भावुक घरि निडर बनेकी आस्थाको आज बिमोचित एल्बमलाई म्युजिक नेपालले वजार व्यवस्थापन गरेको छ ।

एल्बममा समावेश एउटा गीतको म्युजिक भिडियो पनि कार्यक्रममा देखाइएको थियो । भिडियोमा सान थापाको निर्देशनमा आँचल शर्मा र महेश खड्काले राम्रो कोरस टिमसंग अभिनय गरेका छन् । नृत्यात्मक यों गीतको कोरियोग्राफ़ी पनि तारिफ योग्य छ ।अनिल मानन्धरको छायांकन रहेको यो गीतमा सुप्रिम पराजुलीको संपादन रहेको छ ।

एव्बममा समावेश ७ वटा गीत सातै प्रकारका छन् । सुरेश अधिकारीको एकल संगीतमा बनेको यो एल्बममा एउटा गीत बाहेक बाकी सबै गीत सुरेश अधिकारीले नै रचना गरेका हुन्।एउटा गीत भने आस्थाकै आमा गीतकार सावित्री राउतले रचना गरेकी छिन् ।’नाकैमा फुली’ बोलको गीत भने ४० को दशकमा आस्थाकै पिता हरिवहादुर राउतले गाएको गीत थियो । यसमा शब्द संकलन माधब केसीले गरेका थिए। यसैको रिमेक भर्षनमा शब्द परिमार्जन सॉगीतकार सुरेश अधिकारीकै रहेको छ । गीत अहिलेको ट्रेन सुहाउदो बनेको छ ।

कार्यक्रममा आस्थाको मान्यजनप्रतिको आदरभाव प्रसंशा योग्य थियो । छोरीको प्रगतिमा पिता हरि वहादुरले हर्षासु बगाएका थिए । उनको ख़ुशी र उमंग पनि तारिफ योग्य थियो ।