दोस्रो दिनः नेपालले जित्यो १५ स्वर्णसहित २४ पदक

३औं दक्षिण एसियाली खेलकद (साग)को दोस्रो दिन नेपालले उत्साहजनक पदक जितेको छ ।अंक तालिकाको शीर्ष स्थानमा रहेको नेपालले १५ स्वर्ण सहित २४ पदक जितेको छ । नेपालले ३ रजत र ६ काँस्य पदक जितेको छ ।दोस्रोमा रहेको भारतले ३ स्वर्ण, ८ रजत र ३ काँस्य पदक जितेको छ । तेस्रो नम्बरमा रहेको श्रीलंकाले ३ स्वर्ण, ६ रजत र १४ काँस्य पदक सहित नेपालसँग समान २४ पदक नै जितेको छ ।पाकिस्तानले २ स्वर्ण, ४ रजत र ७ काँस्य गरी १३ पदक जितेको छ भने बांग्लादेशले २ स्वर्ण र १६ काँस्य गरी १८ पदक जितेको छ । भुटानले एक काँस्य पदक जितेको छ भने माल्दिभ्सले खाता खोल्न सकेको छैन ।

कराँते र तेक्वान्दोमा सात–सात स्वर्ण

नेपालका लागि कराँते र तेक्वान्दोमा समान सात–सात स्वर्ण मिलेको छ । नेपालका लागि पहिलो स्वर्ण करातेका मण्डेकाजी श्रेष्ठले दिलाए । श्रेष्ठ दोहोरो स्वर्ण जित्ने खेलाडी समेत बने ।मण्डेकाजीले एकल सँगै प्रवीण मानन्धर र महसुस तामाङसँग टिम कातामा समेत स्वर्ण जित्न सफल भए । महिला टिम कातामा निर्मला तामाङ, संगिता मगर र सरु कार्कीले स्वर्ण जिते भने चञ्चला दनुवारले महिला एकल कातातर्फ स्वर्ण जितिन् ।

तेक्वान्दोकी आयशा शाक्यले पनि दुई स्वर्ण जितिन् । उनले पुम्सेको एकल र टिममा स्वर्ण जितेकी हुन् । दुई सन्तानका आमा आयशाले सञ्जीवकुमार ओझासँग टीममा स्वर्ण जितेकी हुन् । पुम्सेमा १७ देखि २३ वर्ष उमेर समूहमा सीना मादेन, २३ देखि २९ वर्ष उमेर समूहमा पार्वती गुरुङ र २३ देखि २९ वर्ष उमेर समूहको पुरुषतर्फ कमल श्रेष्ठले स्वर्ण जितेका छन् ।पुम्सेको टिम तर्फ १७ देखि २३ वर्ष उमेर समूहमा निशा दर्नाल, स्वस्तिमा तामाङ र रञ्जिला तिमल्सिनाले तथा २३ देखि २९ वर्ष उमेर समूहकाे टिम तर्फ नीता गुरुङ, प्रशंसा क्षेत्री र सुशीला राईको टीमले स्वर्ण जिते ।कुमुते तर्फ नेपालले चार स्वर्ण जितेको छ । पुरुष तर्फ ५५ केजी मुनि लक्ष्मण तामाङ, ८४ केजी माथि विप्लवमान श्रेष्ठ, महिला तर्फ ४५ केजी मुनि कुशुम खड्का र महिलातर्फ ४५ कुजी मुनि अनु अधिकारीले स्वर्ण जितिन् ।

स्वर्ण पदक विजेता


कराते (एकल काता) – मण्डेकाजी श्रेष्ठ

कराते (टिम काता ,पुरुष)– निर्मला तामाङ, संगिता मगर, सरु कार्की

कराते (५५ केजी) – लक्ष्मण तामाङ

कराते(८४ केजीमाथि)(विप्लवलाल श्रेष्ठ

कराते (४५ केजी मुनी)( कुसुम खड्का

कराते (५० केजी मूनि) अनु अधिकारी

तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – कमल श्रेष्ठ

तेक्वान्दो पुम्से ( १७ –२३ वर्ष )– सिना मादेन लिम्बु

तेक्वान्दो पुम्से (२३ –२९ वर्ष ) – पार्वती गुरुङ

तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) – आयशा शाक्य

तेक्वान्दो पुम्से (२९ वर्ष माथि )( आयशा शाक्य र सञ्जिकुमार ओझा

पुम्से महिला टिम (१७–२३ वर्ष) – निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना

पुम्से महिला टिम (२३–२९ वर्ष) – निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई

ट्रायथलन – सोनी गुरुङ

रजत पदक विजेता 

 

कराते (एकल काता) – चन्चला दनुवार

तेक्वान्दो पुम्से (१७–२३ वर्ष)– कृष्णबहादुर तामाङ

कराते (८४ केजी मूनि)– दिवस श्रेष्ठ

कांस्य पदक विजेता 

तेक्वान्दो पुम्से (१७–२३ वर्ष) अस्मिन राउत र सिना मादेन लिम्बु

तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – जितबहादुर बोट र पार्वती गुरुङ

ट्रायथोलन – बसन्त थारु