गायक सुर्खेतीको नयॉ गीत’पहिलो भेटमै’सार्वजनिक

गायक मिलन सुर्खेतीले आफ्नो नयॉ गीत भिडियो सहित सार्वजनिक गरेका छन् । योगेन धोलीको शब्दमा आफ्नै संगीत रहेको मिलनको यों गीतमा अलिसा पुन मगर र जितेस प्रधानको अभिनय छ । मुस्तागमा छायाकंन गरिएको यों भिडियोमा नबिन पुरीको निर्देशन तथा संजय लामाको छायॉकंन छ ।रोमान्टिक शैलीको यों गीतको सॉगीत पक्ष तारिफ योग्य छ।’पहिलो भेटमै ‘ बोलको यो गीत युट्युभ च्यानल एट के मोसन पिक्चरसमा हेर्न सकिन्छ।