रानीको स्वरमा वर्षा र जीवनको रोमान्टिक मुड

गायिका रानी शाक्यको स्वर , गीतकार अरुण तिवारीको शब्द र बिक्रम थापाको संगीतमा तयार भएको गीत “हरपल तिम्रो” म्युजिक भिडियो सहित हिजो युट्युभबाट सार्वजनिक गरिएको छ । वर्षा सिवाकोटी र जीवन आचार्यको अभिनय रहेको यो गीतलाई सुव्रत आचार्यले निर्देशन गरेका छन् भने नवराज उप्रेतीको छायॉकन, नविन निरौलाको संपादन रहेको छ । गीत रोमान्टिक छ । मायालुपनको मिठो शब्द उनिएको छ । गायकी र संगीत पक्ष सबल छ । भिडियो पनि राम्रो बनेको छ । रोमान्टिक पलमा रमाउन यो गीत उपयोगी हुन्छ । मायालुको कल्पनामा रमाउनुको अपार आनन्द गीतले दिन्छ ।