प्रधानसेनापति महिला फुटबल:भुटानको सहज जित

छिरिङ याङदेनको ह्याट्रिक सहयोगमा भुटानले सातौं संस्करणको प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा सहज जित निकालेको छ । ललितपुरको लगनखेलस्थित नेपाली सेनाको सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको खेल मैदानमा मगंलबार भएको खेलमा  भुटानले प्रदेश ५ लाई ३–० ले पराजत गर्दै विजयी शुरुवात गरेको हो ।

खेलको १९औं मिनेटमा छिरिङले गोल गर्दै भुटानलाई खेलमा अग्रता दिलाएकी थिइन् । २३औं मिनेटमा छिरिङले व्यक्तिगत दोस्रो गोल गर्दै भुटानलाई खेलमा पहिलो हाफमा २–० ले अघि बढाइन् । ५१औं मिनेटमा छिरिङले खेलमा ह्याट्रिक पुरा गरिन् । त्यसपछि थप गोल निस्कन नसक्दा भुटान ३–० ले विजयी हुन सफल भयो ।