त्रिभुवन आर्मी क्लबलाई हराउदै नेपाल एपीएफ क्लब राजधानीमा जारी सातौं प्रधानसेनापति कप अन्तराष्ट्रिय महिला फुटबल प्रतियोगिताको समुह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेकाे छ।एपीएफ अपराजित रहँदै समुह ‘ए’ बाट समुह विजेता बन्दै अन्तिम चारमा पुग्न सफल भएकाे हाे । एपीएफले ३ खेलमा ९ अंक जाेड्याे । एपीएफसँग पराजित भएपनि आर्मी समुह उपविजेता बन्दै अन्तिम चारमा पुग्न सफल भयाे ।

लगनखेलस्थित राजदल गणकाे खेल मैदानमा शुक्रबार भएकाे खेलमा एपीएफले आर्मीलाई ४-२ ले पराजित गर्याे । एपीएफकी सावित्रा भण्डारीले २ तथा कप्तान अनु लामा र अनिता बस्नेतले १-१ गाेल गरिन् ।आर्मीकी बिमला चाैधरी र रश्मी कुमारी घिसिङले गाेल गरेपनि हार टार्न सकेन । यही समुहकाे अर्काे खेलमप्रदेश १ ले सिक्किममाथि २-० काे सान्त्वना जित निकाल्याे । दुवै गाेल सुनिता तामाङले गरिन् ।





