मनाङको संघर्षपूर्ण जित पुलिसमाथि थ्रीस्टारको जित

साविक विजेता मनाङ मर्स्याङ्दी क्लबले शहीद स्मारक ए डिभिजन लिग मा लगातार दोस्रो जित हात पारेको छ । भारतीय खेलाडी दयानन्द सिंहले इन्जुरी टाइममा गरेको गोल निर्णायक बन्दा मनाङले लगातार दोस्रो खेलमा पनि ३ अंक जोडेको छ । दुई खेलबाट ६ अंकसहित मनाङ अंक तालिकामा शीर्ष स्थानमा रहेको छ । त्रिपुरेश्वरसथित दशरथ रंगशालमा भएको खेलको निर्धारित ९० मिनेटमा दुवै टोलीले गोल गर्न सकेनन् । इन्जुरी टाइमको दोस्रो मिनेटमा आर्मीका गोलकिपर विकेश कुथुले क्लियर गर्न नसकेको बल मनाङका दयानन्द सिंहले गोलमा परिण गरे ।

खेलपछि आर्मीका प्रशिक्षक नवीन न्यौपानेले पाएको अवसर सदुपयोग गर्न नसक्दा पराजित भएको बताए । ‘हामीले खेलमा पाएको अवसर सदुपयोग गर्न सकेनौँ’ न्यौपानेले भने ‘त्यही पनि हामीले इन्जुरी टाइममा आफ्नै गल्तीका कारण गोल खायौँ ।’ उता मनाङका प्रशिक्षक फुजा तोपेले आजको खेलबाट सन्तुष्ट भएको प्रतिक्रिया दिए । अन्तिममा गोल गर्दै हामीले ३ अंक जोड्यौँ त्यसमा खुशी छौँ । उनले बराबरीतर्फ अग्रसर भएको खेल जित्न पाउँदा खुशी लागेको बताए । ‘हामी १ अंकको लागि खेलेका थियौँ । तर ३ अंक पायौँ’ पोष्ट म्याच कन्फ्रेन्समा तोपेले भने ।

पहिलो खेलमा कोरा फ्लोरेस्ट र दयानन्द सिंहलाई विदेशी कोटामा खेलाएको मनाङले आर्मीविरुद्ध फेमी जोसुअ र भिदाल लुइसलाई पनि खेलाएको थियो । उनीहरु अघिल्लो खेलमा पहिलो रोजाईमा खेलेमा रन्जन विष्ट र जीवन गुरुङको स्थानमा खेलेका थिए। उता आर्मीका कप्तान भरत खवाससहित चार राष्ट्रिय खेलाडी खेलेका थिए । भरत खवास र नवयुग श्रेष्ठले आर्मीको अग्रपंक्ति सम्हाले पनि गोल गर्न सकेनन् । भरत र नवयुगसंगै डिफेण्डर सुमन अर्याल र गोलकिपर विकेश कुथ राष्ट्रिय टिमका खेलाडी हुन् । यस्तै विकेशसंगै डिफेण्डरद्वय सुमन अर्याल विकास खवास र मिडफिल्डर सेसेहाङ आङदम्बे नेपालले १३ औं सागमा स्वर्ण पदक जित्दाको टिममा थिए ।

सुशील राईकाे एक मात्र गाेल मद्दतमा ललितपुरकाे थ्री स्टार क्लबले शहीद स्मारक ए डिभिजन लिगमा पहिलाे जित हात पारेकाे छ । सोमबार दशरथ रंगशालामा भएकाे खेलमा थ्री स्टारले नेपाल पुलिसलाई १-० ले पराजित गरेकाे हाे । पहिलाे हाफमा थ्री स्टार पुलिसले गाेलरहित बराबरी खेलेका थिए ।

८४ औं मिनेटमा सुशन श्रेष्ठकाे पासमा सुशील राईले गाेल गर्दै पाटनको क्लब थ्रीस्टारलाई अग्रता दिलाए । त्यसपछि गाेल हुन सकेन र थ्री स्टार विजयी भयाे । जितपछि थ्री स्टारले दुई खेलबाट ४ अंक जाेडेकाे छ । पुलिसकाे १ अंक मात्र छ । थ्रीस्टारले पहिलाे खेलमा जाउलाखेल युथ क्लबसंग गाेलरहित बराबरी खेलेकाे थियाे । उता पहिलाे खेलमा हिमालयन शेर्पासंग गाेलरहित बराबरी खेलेकाे पुलिसकाे याे पहिलाे हार हाे ।विभागीय क्लब नेपाल पुलिसमाथि १–० को जित निकालेसँगै थ्रीस्टारका प्रशिक्षक केसीले जुन लक्ष्यमा मैदान प्रवेश गरेको त्यसमा सफलता पाएको बताए ।  उनले भने, “हाम्रो लक्ष्य तीन अंक जोड्ने थियो । गोल अन्तिम समयमा गोल गर्न सक्यौं । जुन लक्ष्यमा मैदान गएका हौं । त्यसमा सफल भयौं ।”

यो पटक फरक रणनीतिमा खेलिरहेको बताएका प्रशिक्षक केसीले नेपाली फुटबलको स्टाइल अनुसार टोली बनाएको उल्लेख गरे । थ्रीस्टारको पहिलेजस्तो प्रदर्शन नदेखिएको हो भन्‍ने प्रश्नमा प्रशिक्षक केसीले भने,“युवा खेलाडीलाई विश्वास गरेर टोली बनाएका छौं। विस्तारै सेट हुनेमा विश्वस्त छौं ।” पराजित पुलिसका प्रशिक्षक अन्‍नतराज थापाले अवसर सदुपयोग गर्न नसक्दा पराजित हुनुपरेको बताए । स्टाइकिङ लाइनमा देखिएको समस्या हारको मूख्य कारण बताएका उनले अवसर सदुपयोग गर्न नसक्नु नै दुर्भाग्य भएको प्रतिक्रिया दिए ।  उनले भने, “हाम्रो पहिलेदेखि नै स्टाइकिङ लाइनमा समस्या छ । त्यहीकारण स्कोर हुन सकेको छैन् । आज ३ अंक महत्वपूर्ण थियो । तर अवसर पाएर पनि सदुपयोग गर्न सकेनौं ।” उनले अरु टोलीमा विदेशी खेलाडी हुदा जित निकाल्न सकिरहेको उल्लेख गरे । थ्रीस्टारसँग आक्रमक खेलेपनि पुलिस अन्नत पराजित हुन पुग्यो । खेलको ८४ औं मिनेटमा शुसिल राइको निर्णायक गोलमा थ्रीस्टार विजय भएपछि पुलिस अंक जोड्नबाट बञ्‍चित भयो  ।