प्रधानसेनापति महिला फुटबलः एपीएफ फाइनलमा

एपीएफ क्लब  सातौँ प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । नेपाल पुलिस क्लबलाई ५–२ गोलले हराउँदै एपीएफ फाइनलमा प्रवेश गरेको हो । नेपाली सेनाको भद्रकालीस्थित मुख्यालयको खेल मैदानमा आज भएको सेमिफाइनलमा एपीएफले शुरुआतदेखि नै पुलिस क्ब्लबलाई दबाबमा राखेको थियो । एपीएफकी सावित्रा भण्डारीले ह्याट्रिक गरिन् । यस्तै अनिता बस्नेत र रेखा पौडेलले एक÷एक गोल गरेका थिए । पुलिस क्लबका लागि घिमकुमारी गुरुङ र निशा सुनुवारले एक÷एक गोल गरेका थिए ।

एपीएफका लागि सावित्राले खेलको तेस्रो मिनेटमै गोल गरिन् । यस्तै पुलिसकी निशाले खेलको ४३औँ मिनेटमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा पु¥याएका थिए । मध्यान्तरअघिको इन्जुरी समयमा एपीएफकी अनिताले दोस्रो गोल गरिन्  । लगत्तै पुलिसकी घिमकुमारीले गोल गरिन् । मध्यान्तरपछिको खेल सकिँदासम्म एपीएफ र पुलिस २–२ गोलको बराबरीमा थिए । भद्रकालीस्थित सेनाको हेडक्वाटर खेल मैदानमा निर्धारित समयसम्म २–२ को बराबरी भएपछि खेल अत्तिरिक्त समयमा पुगेको हो । थप गरिएको समयमा एपीएफ ३ गोल थप्दै फाइनल पुग्न सफल भयो ।