प्रधानसेनापति महिला फुटबल :भुटानलाई हराउँदै आर्मी फाइनलमा

त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लबबीच सातौं प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा हुने भएको छ । भुटानको राष्ट्रिय टोली सोमबार २–० लाई हराउँदै आर्मीले एपिएफसँगको भेट पक्का गरेको हो । नेपाली सेनाको जङगी अड्डा मैदानमा भएको खेलमा पुजा रानाको गोलबाट आर्मीले १० औं मिनेटमा अग्रता लिएको थियो ।

खेल सकिन ६ मिनेट बाँकी रहँदा विमला चौधरीले गोल गर्दै आर्मीको जित पक्का गरेकी थिइन् । एपिएफ छैटौं पटक फाइनल पुग्न सफल भएको हो । पहिलो संस्करणमा तेस्रो र दोस्रो संस्करणमा दोस्रो भएको एपिएफ त्यसयता लगातार च्याम्पियन बन्दै आएको छ । दुई विभागिय टोली आर्मी र एपिएफबीच बुधबार फाइनल हुनेछ ।