तेश्रो नेपाली म्यूजिक भिडियो अवार्ड मलेसियामा

‘तेश्रो नेपाली म्यूजिक भिडियो अवार्ड’ मलेसियामा आयोजना हुने भएको छ । संगिक्षा फिल्मस्को आयोजनामा यस अघि २ वटा अवार्ड यूएइमा आयोजना भएको थियो । नेपालको संगिक्षा फिल्मस् इन्टरटेन्मेन्ट र मलेसियाको एसकेएस ब्राइट भेन्चर एसडीएन बीएचडी मलेसियाको संयुक्त आयोजनामा यो अवार्ड आयोजना हुन लागेको हो । अवार्ड जुन महिनाको १५, १६ र १७ तारिखमध्ये एक दिन हुने आयोजकले बताएको छ ।आयोजकले आधुनिक, लोक, पप, लोकदोहोरी, फिल्म समुह र आदिवासी तथा जनजाती गीत विधामा अवार्ड प्रदान गर्ने जनाएको छ ।