आस्था अहिले सामाजिक संजालमा चर्चामा छिन् गत बुधबार काठमाडौ एयरपोर्टमा भएको घटनाले उनलाई चर्चामा ल्याएको छ । प्रस्तुत छ यस बिषयमा उनकै शब्दमा उनकै भनाई ।
पेशाले म गायिका । गाउने मेरो कर्म । यहि सिलसिलामा सिक्किम कार्यक्रम जानेबेलामा भोगेको नमिठो पल यहॉ बताउन गईरहेको छु । म बचपन देखिनै हक्की स्वभाबको हुँ । नबिराउ न डराउ मेरो मुल मन्त्र नै हो । सहन सकिने कुरा त सहिन्छ तर हरेक कुराको एउटा हद हुन्छ । हद नागेपछि सहने कुरै आउदैन । प्रतिकार गर्न बाध्य भईन्छ । बुधवार दिउसो १२ बजे मेरो फ्लाईट थियो । निर्धारित समयमै म एअरपोर्ट पुगेकी थिए । बुद्ध एयरको जहाज डिले हुने भएपछि एयरपोर्ट परिशरमै कफि पिउदै समय व्यतीत गरिरहेकी थिए । त्यही बेला ‘मिस आस्था राउत’ भनेर बोलाइरहेको सुनेँ, म त २ बजे फ्लाइट भनेर ढुक्कले बसिरहेकी थिएँ, बुद्ध एअरका कर्मचारीले बोलाएको सुनेपछि म हतार–हतार चेकिङतिर लागें ।
हातमा कफि थियो । कफि छोडेर जान लागेकी थिए । मलाई बिंदा गर्न आएका आफन्तले लान पाईन्छ भने पछि लिएरै गए । चेकिंगमा रहेकी महिला प्रहरीले ज्याकेट खोल्न भन्नु भयो । मैले आफ्नो प्लेन छुट्न लागेको बताएँ, उहाँलाई ज्याकेट नखोले हुँदैन भनेर सोधेँ । आफूले राम्रोसँग सोधे पनि ती महिला प्रहरीले ‘ज्याकेट खोल्’ भन्दै रुखो व्यवहार गरिन । दुई दिनअघि पोखरा जाँदा त्यसरी ज्याकेट खोल्नु नपरेको तर हिजो जबरजस्ती ज्याकेट खोल्न लगाउँदा सहजै ज्याकेट खोले।
मनमनै दुई दिनमै ज्याकेट खोल्नुपर्ने नियम शुरु भएछ भन्ठाने । मेसिनबाट ब्याग चेकिङ भइरहेको थियो, म पनि कफी समाएरै हात माथि उठाएर चेक गर्न अनुरोध गरिरहेकी थिएँ । उहाँले ज्याकेट खोल् भनेपछि मैले फ्लाइटमा बोलाइसक्यो, अस्ति त ज्याकेट नै खोल्न लगाउँथेन त भनेँ । महिला प्रहरीले ‘ज्याकेट खोल्’ भनेर रुखो व्यवहार गरेपछि ज्याकेट खोलेर चेक गर्न दिए। त्यतिबेलासम्म हातमा भएको कफी ती महिला प्रहरीले कतै राखिदिएको र आफूले हतार भएका कारण कफी छोडेरै जान लागेको थिए।
उहाँको व्यवहारले मलाई रिस उठिसकेको थियो, तैपनि मैले संयमता अपनाएकी थिएँ, अगाडि जान लागेकी थिएँ । तर उहाँले ठाडो भाषामा तेरो कफी लैजा भन्नुभयो, मैले पनि लान्न भनेँ । कफी लैजान्छस् कि तेरो ब्यागमा खन्याइदिऊँ?,’ ती महिला प्रहरीले ममाथी आक्रोश पोँखिन । मेरो ठाउँमा अरु कोही केटा भएको भए त्यहीँ घुमाएर कुट्थ्यो होला, त्यस्तो बिझाउने थियो उहाँको व्यवहार ।
त्यतिबेलै मलाई बोलाउन आएका बुद्ध एयरका कर्मचारीले ती महिला प्रहरीलाई कानमा केही भनेपछि बल्ल भित्र छिर्न दिएकी थिईन । यो हदसम्मको दुर्व्यहार मैले भोग्नुपरेको थिएन, मेरो त दिमाग नै आउट भयो । उहाँले तँ भनेर मलाई केही फरक पर्ने थिएन, तेरो ज्याकेट खोल् भनेर उहाँले जुन खाले व्यवहार गर्नुभयो, त्यो निकै बिझाउने खालको थियो । प्रहरीको छाप यस्तै छ भन्ने त जगजाहेर नै छ तर उहाँले त कफी लान्नँ भन्दा हात नै हाल्नुभयो, न्याँक्नुभयो । मलाई ती महिला प्रहरीले हातले तानेर न्याँकिन्, नराम्रो व्यवहार गरिन्, चित्त दुख्यो । त्यतिबेला त्यहाँ भएका अन्य प्रहरीले यों घटना टुलुटुलु हेरिरहेका थिए । अरु यात्रीले पनि त्यो दृश्य देखिरहेका थिए ।
माथिको अफिसरले तल्लो तहको प्रहरीलाई यस्तो व्यवहार गर्न सिकाउने त पक्कै होइन होला ! प्रहरीको तल्लो तहमा पनि ‘स्कूलिङ’ र नैतिक शिक्षाको जरुरी रहेको महसुस गरे। कार्यक्रमका सिलसिलामा कैयन् देशका विमानस्थलमा पुगेको छु। विदेशमा पनि प्रहरी हुन्छ यस्तो हर्कत कहल्यै भोगिन । तर नेपालका प्रहरीमा मात्र यस्तो दम्भ किन ?
केही पर चेकिङमा बसिरहेका प्रहरीलाई यो कस्तो शैली हो भनेर सोधेको र ती प्रहरीले मान्छे सबै एकनास नहुने प्रतिक्रिया दिए । त्यस्तो हुँदासम्म प्रहरीले हेरेरै बसे, शायद ती महिला प्रहरीले त्यही रवाफ अरुलाई पनि देखाउने गरेकी थिइन् कि ! एकजना दिदी सिलुगढी जान हिँड्नुभएको रहेछ, उहाँलाई त झन् पातलो खालको पोशाक पनि खोल्न भनिएछ, उहाँले पनि गुनासो पोख्दै मन नदुखाउन भन्नु भयो । प्रहरीका बारेमा नकारात्मक कुरा सुनिन्थ्यो, तर मैले हिजो जे भोगें, त्यसपछि मैले आफूले भोगेजस्तो सुनेर हुन्न रहेछ भन्ने बुझेँ । मैले जुन व्यवहार भोगें, त्यो साँच्चिकै दुःखद् थियो । प्रहरीले अपराधीलाई पनि नगर्ने व्यवहार आम नागरिकलाई गरेको महसुस भएको छ ।
साढे १२ बजे उड्ने भनिएको प्लेनलाई ट्राफिक जामका कारण ३ बजेसम्म काठमाडौं विमानस्थलमा कुर्नुपरेको थियो । भित्र छिरिसकेपछि रन वे मा समेत प्लेन रोकिएको थियो । भद्रपुर विमानस्थल पुग्दा ४ बजिसकेको थियो । यतिबेलासम्म पनि मेरो रिस मरेको थिएन । जिन्दगीमा पहिलोपटक त्यत्रो मान्छेको अगाडि त्यसरी दुर्व्यवहार सहनु परेपछि कसरी रिस मर्छ ?
माघे संक्रान्तिको शुभकामना र सिकिम्ममा आयोजना गरिएको कार्यक्रमका बारेमा जानकारी दिन मात्र ‘लाइभ’ आएको तर विनाकसुर कसैले ज्याकेटमै समाएर अपराधीझैँ सम्झेपछि एक्कासी रिस उठ्यो । हामीलाई सम्मान चाहिएको होइन तर कलाकारलाई त यस्तो व्यवहार हुन्छ भने अरुलाई कस्तो होला भन्ने मुख्य प्रश्न हो । प्रहरीले पनि त्यही कुरालाई राम्रोसँग किन नभन्ने ? हामीले गाली नै खानुपर्ने ? मैले मात्र होइन, हरेक मान्छेले प्रहरीले गर्ने व्यवहारबारे आत्ममूल्याङ्कन गर्न जरुरी छ ।
म प्रशासन र प्रहरीलाई सधै सम्मान गर्ने तर केही प्रहरीले गर्दा सबै प्रहरीको छवि नै बिगारिरहेको देखेको छु । यस्तो अमानवीय व्यवहार भोग्न परेपछि म फ़ेसबुक लाईभमा आउन बाध्य भए । जे पर्ला पर्ला भनेर सत्य कुरा सबै बोलिदिए । मेरो शैली मिलेन होला बोली मिठो भएन होला तर कुरा त सत्य छ नि ! कति सहने हो यस्को पनि त एउटा सिमा हुन्छ नी ! जनताकै गासबाट तलब खाने राष्ट्र सेवकले जनताको सेवा गर्नु पर्दैन ?
फेसबुकमा मेरो आक्रोस देखेर सल्यानमा कार्यरत एक प्रहरी जवान भाइले मलाई सम्झाउने पारामा म्यासेज गर्नु भयो -‘संवाद अथवा वादविवाद एउटा सामान्य विषय हो । तपाईंलाई डिउटीमा रहेको दुर्व्यवहार मेरो लागि पनि स्वीकार्य छैन । कारवाही हुनुपर्छ । त्यसमा मेरो पनि जोडदार माग छ । तर तपाईंले बोलेका शब्दहरुले पनि तल्लो तहको मनोबल कमजोर गरेको छ । आस्था जी, प्युसो, डन्ठेजस्ता शब्द प्रयोग नगरी सम्मान गरेको भए राम्रो हुने थियो । सभ्य भाषामा भनेको भए राम्रो हुने थियो ।’
मलाई ति भाइको कुरा मनपर्यो । रिप्लाई गरे-‘मन नदुखाउनुहोला, रिसको आवेगमा भुल भएँ माफ पाऊँ, अरु जवान मुकदर्शक हुँदा, हिजो हद पार भयो । मेरो आक्रोश बढी भयो । त्यसैले क्षमा चाहन्छु । मेरो पनि सबै प्रहरी नराम्रो भन्ने सोच होइन, तर केहीको व्यहोरा नराम्रो भएको हो । फेरि पनि मन नदुखाउनुहोला, कहिलेकाहीँ यस्तै हुने रहेछ ।’
गलतलाई गलत नभने के गर्नु, यस्तो व्यवहार खेपेँ भनेर जीवनभर कुण्ठा बोकेर त म सक्दिनँ नि, त्यसैले बोलेँ। भिडियोमा प्रयोग गरेका केही शब्द प्रयोग नगरेको भए हुन्थ्यो भन्ने महसुस गरेर आमरुपमा माफी पनि मागे । नमिठो भोगे तर मलांई नराम्रो गर्ने ती महिलाको सधै उन्नति प्रगति होस् । तिनलाई भगवानले सदबुद्दि दिउन् जय होस् तिनको ।
मेरो कुराले आमसंचार माध्यम र जनमानसमा स्थान पाएछ । प्रहरी प्रशासनले पनि छानबिन गर्ने कुरो भएछ । बहुत राम्रो । गर्नुस छानबिन । सत्य तथ्य ल्याउनुस बाहिर । म सहयोग गर्न तयार छु । ग़लत गर्नेलाई गर्नुस कार्यवाहि ।जनताको सेवा गर्नु बसेका प्रहरीलाई जनताप्रति उत्तरदायी बन्न सिकाउनुस् । ताकी मैले जस्तो अपमान कसैले भोग्नु नपरोस्