लोकप्रिय गायक कुमार वस्नेतका कुरा एकातिर तथ्य आर्कैतिर !

कुमार वस्नेत वाल्यकालदेखिनै सुनिदै आएको नाम । उनका गीत सुनेर हासु हासु लाग्थ्यो । उनका गीत सुनेर किसोर अवस्थामा नाचेको अहिले पनि याद छ । युवा अवस्थामा पुगेपछि उनको गीतका अर्थ पनि खुव खोजियो । कसै कसैले उनलाई लोकगीतको संम्राट पनि भन्छन्  । उपाधी दिने काम दर्शक श्रोताकै हातमा छोडेर उनको मुल्यांकन गर्दा नेपाली भएर जन्मिएका थोरै राम्रा गायकको कोटीमा उनी सजिलै पर्छन् ।

लोकप्रियता र इज्जत पनि पाएका हुन उनको समयमा । समय सधै आफ्नो हातमा हुदैन । समयको प्रवाहसंग वग्न थोरै मान्छे मात्र सफल हुन्छन् । ति थोरैमा कुमार पर्न सकेनन । नेपाली संगीतबाट कुमार पुर्णत ओझेलमा छन् हिजोआज । नयॉ गीत उनका सुनीएका छैनन । यदाकदा पुराना गीतले नै उनलाई बचाएको भने छ ।

आज एक्कासी कुमार वस्नेतलाई सम्झेर युट्युभमा सर्च गरियो । उनका दर्जनौ गीत र अन्तरवार्ता देखियो । केहि वेर गीतको आनन्द लिएपछि उनका अन्तरवार्ता पनि सुन्ने जागर चल्यो । सुनियो पनि । राणा कालिन किस्सा , राजाका क़िस्सा खुव रोचक लाग्यो । निक्कै रमाईला र मिठा कुरा सुन्न पाईयो । २० को दशक प्रारम्भ नहुदै गायनमा देखा परेका उनका कुरा घत मानेर सुनियो ।

सुन्दै जादा एउटा अन्तरवार्तामा उनका पिडात्मक कुराहरु पनि सुनियो । निक्कै आक्रोश र मार्मिक पाराले उनले बोलेको देखेर उनका कुरामा निक्कै ध्यान गयो । लोकगीतमा सफल मानिएका गायकको कुरो सुन्नैपर्यो । एल्बम निकालेर एक पैसा पनि नपाएको कुरो सुन्दा छक्क परियो । कम्पनीले ठगेको कुरो मार्मिक पाराले धाराप्रवाह बोलेको सुन्दा छक्क परियो ।

४० को दशकको अन्त्य तिर अल्बम प्रकाशन गरेका कुमारले आजसम्म १ सुको पनि पाईन भन्ने गुनासो सुन्दा  हज्जारौ छक्क परे होलान । ५० को दशक देखिनै सुटेट बुटेट भएर मोटर साईकलमा सररर गुडेको देख्ने सबै छक्क पर्ने गरि उनको अन्तरवार्ता आईरहेको थियो । मन मनै सोचे ,’ हैन यि दाइ त सधै हसिला सुकिला मुकिला नै देख्दै आएको , सरकारी जागिरे , अनुहार सधै तेजिलो १ सुका पनि कमाई नभए पछि त्यति वेला नै किन कुरो उठाएनन ?’

उनका गीत सुनेर हुर्किएको म उनलाई ५० को दशकमा देखभेट भए पनि २०६१ सालमा मात्र उनको अन्तरवार्ता गर्ने मेलोमेसो मिलेको थियो । त्यतिखेर पनि निकै राम्रो र सकारात्मक कुरा अन्तरवार्तामा भनेका थिए । संगीतको वारेमा निक्कै रोचक र मिठा कुरा गरेका थिए । अहिले कम्पनीको बिरोधमा बोल्ने कुमार दाईले त्यतिखेर म्युजिक नेपालको बारेमा खुलेर तारिफ गरेका थिए । त्यो अन्तरवार्ता ग्ल्यामर प्लस मा छापिएको थियो । म्युजिक नेपालसंग आवद्ध भएर काम गरेको कुरा पनि बताएका छन् ।

म्युजिक नेपालप्रतिको उनको आर्कोश बिशेष रुपमा हेरे । रोयल्टी , पारिश्रमिक, लगायत अन्य उनले उठाएको अरु कुरा पनि गम्भिर भएर सुने । प्रतिलिपि अधिकार समाजमै बसेर उनको अन्तरवार्ता लिने म । अहिले उनका कुरा सुनेर छक्क परेपछि उनको बिषयमा अनुसन्धान गर्ने निधो गरे । उनका गीतको अवस्था र कारोवारको विषयमा अनुसन्धान केन्द्रित गरे । अनेकौ प्रयास पश्चात सबै डकुमेन्ट र केहि श्रोत बनाए पछि उनका कुरा र डकुमेन्ट अनि श्रोतले उपलब्ध गराएको सबै कुरा अनुसन्धान गर्दा कुमार बस्नेत झुट्टा देखिए ।

सोच्न वाध्य भए । पहिले पहिले सुनेका राणा, राजा अनि पुराना सर्जकसंग जोडिएका किस्सा पनि गफै मात्र पो हुन की ?  आफुले गरेको कुरा त हैन भन्नेले ति कुरामा साँचों बोले होलान त ? जनताले माया गरेका रुचाएका यति ठुला सर्जकले यसरी झुट बोलीदिए पश्चात समाजमा कस्तो असर पर्ला ? सोच्नु पर्दैन ?

कुमार बस्नेतका गीतहरु प्राय रेडियो नेपालकै लगानीमा बनेका थिए । केहि गीतमा उनकै निजी लगानी पनि छ । केहिमा म्युजिक नेपालको पनि देखिन्छ । रेडियोमा रेकर्ड भएका गीत उनी आफैले रेडियोका कलाकार साथीहरुमार्फत लिएर म्युजिक नेपाल पुराएको देखिन्छ । प्रतिलिपि अधिकार समाजमा कार्यकारिणी पदमा रहिसकेका उनलाई यसरी अरुको प्रतिलिपि अधिकार हनन गरेर गीत निकाल्न कुन नैतिकताले दियो होला ?

आफुलाई रेडियो नेपालबाट गीत लगेर एल्बम निकाल्ने सल्लाह गायक संगीतकार राम थापाले दिएको बताउने कुमार बस्नेतले एल्बमबाट एक सुको पनि कमाइ नभएको र नपाएको बताएका छन् । तर उनले २०५० सालदेखि २०७४ सालसम्म म्युजिक नेपालबाट पटक पटक रक़म बुझेको अभिलेखबाट देखिन्छ । हेर्नुस उनले गरिदिएको भरपाई-

म्युजिक नेपालसंग गरेको करारनामा हेर्ने हो भने कुमार वस्नेतले आफ्ना गीत म्युजिक नेपाल रहेसम्म क़ायम रहने गरि सम्झौता गरेका देखिन्छन् । फेरि रोयल्टी पनि तोकिएको छ । करार अलि अमिल्दो देखिए पनि यसले समस्या ल्याएको दिन आपसी कुराकानीमा रद्द गर्न कानुनले छेक्दैन । करार मुताबिक़ पैसा नपाएको खण्डमा जहिले पनि कानुनी कार्यवाही गर्न सकिने अवस्था रहन्छ नै । म्युजिक नेपालले करार बमोजिम कुमार वस्नेतले मागेको दिन हिसाव मिलान गर्ने गरि रक़म बुझाएको देखिन्छ ।

तर अन्तरवार्तामा कौडी पनि नपाएको कुरो उनले बोलेका छन् । आफुले बुझेको पाएको रक़म यति छ भनेर भन्न किन केले गाह्रो बनायो उनलाई ? यति लेकप्रिय कलाकारले यसरी झुट बोलेको सुहाउदैन ।जे हो जस्तो हो त्यहि बोल्न सक्नु पर्छ उनले । परिस्थिति र महौल हेरेर बोल्दा अन्तत आफै हो खाल्डोमा पर्ने ! बोल्न उक्साउनेहरु त विवाद पर्न थालेपछि दुला पस्छन् । उनले यति कुरा त बुझ्नु पर्ने ।

एउटा प्रश्नको उत्तरमा मैले म्युजिक नेपाललाई सिडी निकाल्न दिएको होईन भनेका छन् कुमार वस्नेतले । अझ एक ठाउमा त सम्झौता नै भएको छैन पनि भनेका छन् भने आर्को ठाउमा क्यासेट निकाल्न मात्र दिएको भनेका छन् । तर म्युजिक नेपालसंग भएको संम्झौतामा सिडी नै लेखिएको छ । हेर्नुस सम्झौता पत्र –

८० लाख रेकर्ड बिक्री भएको उनको दावी छ । तर अवस्था त्यस्तो देखिदैन । उनका गीत लोकप्रिय हुन् । रेडियोको जमानामै ति लोकप्रिय रहे । श्रोताले मनपराए । गीत लोकप्रिय रहेको बेला एल्बम आएन । पछि लोकप्रियता कम रहेको अवस्थामा तिनै पुराना गीत एल्बममा संग्रहित गरेर ल्याउदा पहिलो जस्तो लोकप्रिय रहन सकेन । जति बिक्यो संग्रह गर्न चाहानेले मात्र किने । उनको गीत कति बिक्री भए कारोवार कस्तो छ ? यि तलका कागजातले देखाउछ। हेर्नुस काग़ज़ात –