‘तक्दिर’को घोषणा र फर्स्ट्लुक सार्बजनिक

बिजि बर्मा फिल्मसको ब्यानरमा कला राई को प्रस्तुती र शंकर अधिकारी घायलको लेखन/ निर्देशनमा ‘तक्दिर’ को घोषणा संगै फर्स्टलुक सार्वजनिक गरिएको छ। राजेन्द्र बजगाइ र पुरुषोत्तम न्यौपानेको संगीत , नित्याशिवा, पुरुषोत्तम र राजेन्द्रको आवाज, देव महर्जनको द्वन्द ,राजन महर्जनको नृत्य र छायांकनमा यसै चलचित्रबाट कृष्ण पाण्डेले प्रवेश गर्दैछन।

‘तक्दिर’ को कलाकार घोषणा गरिएको छैन। उक्त कार्यक्रममा ‘मेरो दिल छ पोखरामा’ को विशेष शो गरिएको थियो। कलाकारहरु र प्राबिधिकहरुलाई उक्त अबसरमा दोसल्ला ओढाएर सम्मान गरिएको थियो। शंकर अधिकारी घायलको लेखन/ निर्देशन अनि कला राईको प्रस्तुतिमा राजु पौड्याल ,रोशन बिसि,गङा कुवर, हेमलता घिमिरे, विशाल सुनुवार ,लक्ष्मण भण्डारी ,दिप कुलुङ,राजन महर्जन ,देव महर्जन ,राज कुमार कुवरको अभिनय रहेको छ ।