ब्याचलोरेट पार्टीमा प्रियंकाको मस्ती

नायिका प्रियंका कार्की अहिले थाइल्यान्डमा छिन् । ‘ब्याचलर पार्टी’ मनाउन भन्दै पाँच जना साथी लिएर उनी थाइल्यान्ड पुगेकी हुन्। प्रियंकाको भ्रमण दलमा सहाना बज्राचार्य, शिवांगी प्रधान, श्रेया जोशी,आस्था पोखरेल, लगायत छन् । इन्स्टाग्रामको ‘हट इस्यू’ भनेको प्रियंका कार्कीको ‘ब्याचलोरेट पार्टी’ हो । ६ जनाको टोली लिएर पार्टीका साथै मस्ती गर्न थाइल्याण्ड उडेकी प्रियंकाले इन्टाग्रामका भित्तालाई निकै रंगीन बनाएकी छिन् । रंगीन यसअर्थ, उनले आफ्ना ६ जना साथीहरुसँगको रातो, पहेँलो, सेतो, कालो बिकिनी लगाएका तस्बिर बारम्बार पोष्ट गरिरहेकी छिन् ।

कहिले सिंगल फोटो हाल्छिन्, कहिले ग्रुप फोटो हाल्छिन्, कहिले क्यामरा फेस गरेको फोटो हाल्छिन् त कहिले  पछाडि फर्किएको । फोटो हेर्दा यस्तो लाग्छ उनले थाइल्याण्डमा ‘फूल अन’ मस्ती गरेकी छिन् यसका साथै, प्रियंकाले ‘ब्राइडल सावर’ भन्दै आफ्नो फेसबुक अकाउन्टमा २२ वटा फोटो पोष्ट गरेकी छिन् । उत्कृष्ट सेटिङमा, सेतो पहिरनमा सजिएर उनले साथीहरुसँग बेहुली हुनु अघिको समयलाई निकै विशेष तवरले व्यतित गरेकी छिन् ।यद्यपि, उनको विवाहको मिति भने निश्चित भइसकेको छैन । उनले पोष्ट गर्ने फोटोमा भने उनले आफूलाई ब्राइड अफ २०२० भन्ने गरेकी छिन् ।

प्रियंकाको व्याचलरेट पार्टीको सन्दर्भ अलि अनौठो छ । पहिलो कुरा त उनी ब्याचलर होइनन् । ब्याचलर शब्दले जीवनमा कहिल्यै विवाह नगरेको महिला वा पुरुषलाई बुझाउँछ । तर, प्रियंका एक डिभोर्सी हुन् । उनले रोचक मैनालीसँग तीन वर्ष दाम्पत्य जीवन बिताइसकेकी छन् । रोचकसँग ‘डिभोर्स’ भएपछि उनी पुन ‘सिंगल लाइफ’ मा फर्केकी थिइन् ।

पश्चिमा संस्कृतिमा पहिलोपटक विवाहित जीवनमा प्रवेश गर्न लागेका पुरुष/महिलाहरुले आफ्ना निकट साथीहरुसँग एक वा केही रातहरु ‘वाइल्ड’ भएर बिताउने गर्छन् । दारु खाएर झ्याप हुनेदेखि बढीभन्दा बढी छाडापन प्रदर्शन हुन्छ, जुन नेपाली संस्कृतिसँग मेला खाँदैन ।पुरुषको हकमा ब्याचलर पार्टी भनिन्छ भने महिलाको हकमा ब्याचलरेट पार्टी भन्ने गरिन्छ । पुरुषले केटा साथीहरुसँग र महिलाले केटी साथीहरुसँग यस्तो पार्टी मनाउँछन् । विवाह भएपछि स्वतन्त्रता खोसिन्छ भन्ने आशयले ‘स्वतन्त्रता खोसिनुपूर्वको रमझम’ का रुपमा ब्याचलर पार्टी मनाउने गरिएको छ । यो पश्चिमा संस्कृति नक्कल भएर भारत हुँदै नेपालसम्म आइपुगेको हो ।

उनीहरुको यात्रा एक हप्ता लामो रहेको बुझिएको छ ।स्मरणीय के छ भने प्रियंका र आयूष्मानको विवाह मिति अझै टुंगो लागेको छैन । उनीहरुले ईंगेजमेन्ट गरेको भने डेढ वर्ष बितिसक्यो । सामाजिक सञ्जालमा दुवैले एक–अर्कालाई खुब माया वर्षाइरहेका हुन्छन् । प्रियंकाले ब्याचलरेट पार्टी मनाएपछि भने चाँडै बिहे हुन सक्ने आँकलन गरिएको छ ।