महिलाको सेमिफाइनल तथा पुरुषतर्फ क्वाटरफाइनल समिकरण पूरा

आरबिबी एनभिए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा मङ्‌गलबार महिलातर्फ सेमिफाइनल समीकरण पूरा भएको छ।नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगिताअन्तर्गत मङ्‌गलबार समूह ‘ए’ मा रहेका दुई विभागीय टोलीबीच प्रतिस्पर्धामा सशस्त्र प्रहरी बलको एपिएफले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा पराजित गर्‌यो। आर्मीमाथि २५-१०, १९-२५, २५-१८, २५-११ को जित हासिल गरेसँगै एपिएफ समूहको विजेता बन्न सफल भयो। आर्मी पनि यसअघि नै अन्तिम चार पुगिसकेको थियो।

महिलातर्फकै समूह ‘बी’मा होङ्‌गवान्जी न्यू डायमन्ड स्पोर्टस् क्लबले ढोरपाटन स्पोर्टस् क्लबमाथि २५-३, २५-१६, २५-१२ को सोझो सेटमा जित हासिल गर्‌यो। जितसँगै समूहमा विजेता बन्न सफल न्यु डायमन्डले सेमिफाइनलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ भने समूह ‘बी’ को उपविजेता नेपाल पुलिस क्लबले एपिएफसँग प्रतिस्पर्धा गर्नेछ। राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा जारी प्रतियोगिताको पुरुषतर्फ समूह चरणको अन्तिम खेलमा एपिएफ र पुलिस क्लबले जित निकालेका छन्। समूह ‘बी’ मा एपिएफले जावलाखेल भलिबल ट्रेनिङ सेन्टर (जेभिसी) लाई २५-१४, २५-१०, २५-०९ को सोझो सेटमा पराजित गर्दै ६ अङ्‌कसहित समूह विजेता भयो। यस्तै पुलिसले पनि समूह ‘सी’ को खेलमा मणिमुकुन्द भलिबल क्लब (एमभिसी) लाई २५-१४, २५-२०, २५-१४ ले पराजित गर्दै समूह विजेता बन्न सफल भयो।

एपिएफ र पुलिसका जितसँगै पुरुषतर्फ क्‌वाटरफाइनल समीकारण पूरा भएको छ। पुरुषतर्फ क्‌वाटरफाइनलमा समूह ‘ए’ को विजेता सेनाको त्रिभुवन आर्मी क्लबले समूह ‘सी’ को उपविजेता मणिमुकुन्द भलिबल क्लब सँग प्रतिस्पर्धा गर्नेछ भने समूह ‘बी’ को विजेता एपिएफले समूह ‘डी’ को उपविजेता बुद्ध टोल युवा भलिबल क्लबसँग खेल्नेछ। समूह ‘सी’को विजेता नेपाल पुलिस क्लबले समूह ‘ए’को उपविजेता नयाँबजार सामाजिक युवा क्लब तथा समूह ‘डी’ को विजेता हेल्प नेपाल स्पोर्टस् क्लबले समूह ‘बी’को उपविजेता बुलबुले रारा क्लबसँग प्रतिस्पर्धा गर्ने भएका छन्।

पुरुषतर्फ क्वाटरफाइनल समीकरण पूरा

यस्तै पुरुषतर्फ क्वाटरफाइनल समीकरण पूरा भएको छ । मंगलबार भएको समूहको अन्तिम दुई खेलमा एपीएफ र नेपाल पुलिस विजयी भएका छन् । समूह बी को विजेता बन्ने क्रमम एपीएफले जावलाखेल भलिबल ट्रेनिङ सेन्टरलाई २५-१४, २५-१०, २५-९ ले हरायो । दुवै खेल हारेको जावलाखेल समूह चरणबाटै बाहिरियो । एक खेल जितेको बुलबुल रारा क्लब समूह उपविजेता बन्दै क्वाटरफाइनल पुगेको छ । समूह सी अन्तर्गत खेलमा नेपाल पुलिसले बुटलवलको मणिमुकुन्द भलिबल क्लबलाई ३-० सेटमा पराजित गर्दै समूह विजेता बन्यो । पुलिसले मणिमुकुन्दलाई २५-१४, २५-२०, २५-१४ ले हरायो । पुलिस समूह विजेता बन्दा पराजित भए पनि मणिमुकुन्द उपविजेता बन्दै क्वाटरफाइनल पुगेको छ । यस समूहमा पार्वती भलिबल क्लब खेल्न नआएपछि दुवै टोलीले यसअघि वाकओभर पाएका थिए ।

क्वाटरफाइनलमा अब समूह ए को विजेता आर्मीले समूह सी को उपवपजेता मणिमुकुन्दसँग खेल्नेछ भने समूह सी को विजेता पुलिसले समूह ए को उपविजेता नयाबजार युवा क्लबसँग खेल्नेछ । यस्तै समूह बी को विजेता एपीएफले समूह डी को उपविजेता बुद्धटोल युवा क्लबसँग तथा समूह डी को विजेता हेल्प नेपाल स्पोर्टस् क्लबले समूह बी को उपविजेता बुलबुल रारा क्लबसँग खेल्नेछ ।