नेपालको पूर्वअभ्यास शिविर जापानमा

नेपाल ओलम्पिक कमिटीले टोकियो ओलम्पिक २०२० मा नेपाली टोलीको पूर्वअभ्यास शिविर तोकोशिमा प्रिफेक्चर जापानमा राख्ने भएको छ।उक्त सम्बन्धमा नेपालका तर्फबाट कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र तोकोशिमाका तर्फबाट कोमानो इजुमिफ ले सोमबार हस्ताक्षर गरे।जापानका लागि नेपाली राजदूत प्रतिभा राणाको सहभागितामा भएको सो कार्यक्रममा पौडीबाट अशोकरत्न बज्राचार्य र आर्चरीबाट दीपकराज गुरुङले हस्ताक्षर गरे।

उक्त अवसरमा कमिटीका अध्यक्ष श्रेष्ठले नेपालको खेलकूद विकासमा जापान सरकारको महत्वपूर्ण भूमिका रहेको जानकारी गराए। श्रेष्ठले भ्रमण वर्षमा नेपालका विभिन्न सांस्कृतिक सम्पदा, पर्यटकीय क्षेत्रको भ्रमणका लागि जापानी नागरिकलाई आग्रह गर्नुभएको कमिटीले जनाएको छ।ओलम्पिक सोलिडारिटी कोर्स अन्तर्गत नेपालले जुडो, तेक्वान्दो, बक्सिङ, कराते, आर्चरी, एथलेटिक्स, सुटिङ, भारोत्तोलन र स्वीमिङलाई प्राथमिकतामा राखेको छ । एनओसीले ओलम्पिक सोलिडारिटीमा परेका ९ खेलका २ देखि ४ खेलाडीलाई विशेष तयारीका लागि वैदेशिक प्रशिक्षणमा पठाउने बताएको छ ।