पद्मकन्याको प्रांगणमा दुई युवतीको महा भिडन्त

आज पद्मकन्या क्याम्पस रेसलिंग मय बन्यो । खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माको उपस्थितीमा रेस्लिंग खेल संचालन भएकाले माहौल पुरै रंगीन थियो । पद्मकन्या मल्टीपल क्याम्पस रेस्लिंग मेघा इभेन्ट २०२० नामक भिडन्त हेर्न सयौको संख्यामा मानिसहरु झुम्मिएका थिए । बिदेशका र स्वदेशमा रेस्लरहरु एक आपसमा भिडेका थिए ।

तर आकर्षणको केन्द्रविन्दु भने भगवती खड्का र अस्मिता जुरेली सुनार बनेका थिए । यि दुईको भिडन्त सानदार र रोचक थियो । उनीहरुको युद्धकला रोचक र आकर्षक थियो । समारोहमा भगवतीअस्मितालाई  प्रोफेसनल रेस्लरको उपाधी सहितको संम्मान प्रदान गरिएको थियो  । आकृति पुन र भगवती जिरेलको भिडन्त पनि दर्शकहरुले रुचाएका थिए ।