हिमालयन शेर्पा र जावलाखेल युथ विजयी

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत शनिबार भएको दोस्रो खेलमा जावलाखेल युथ  क्लबले फ्रेण्ड्स क्लबमाथि जित निकालेको छ । शनिबार एन्फा मैदान सातदोबाटोमा भएको खेलमा जावलाखेलले फ्रेण्ड्स क्लबलाई १—० गोल अन्तरले पराजित गरेको हो । जाउलाखेलको जितमा फोडे फोफानाले खेलके ५८ औं मिनेटमा गोल गरेका थिए । याेजितसँगै जावलाखेलले लिग तालिकामा थप तीन अंक जोड्दै पाँचौं स्थान कायम गरेको छ । हारसँगै फ्रेन्ड्स क्बल १४ अंकमा सिमित रहँदै नवौं स्थानमा छ ।

ए डिभिजन लिग फुटबल अन्तर्गत शनिबार भएको खेलमा हिमालयन शेर्पा क्लबले च्यासल युथ क्लबलाई ३–२ गोलले पराजित गरेको छ । एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा भएको खेलमा हिकालयनका लागि विजय गुरुङले २ र त्रिदेव गुरुङले १ गोल गरे । विजयले खेलको २८ औं र ५० औं मिनेटमा गोल गरे भने त्रिदेवले खेलको ३३ औ मिनेटमा गोल गरे ।च्यासलका  हायातु वाकिनोले दुई गोल गरेपनि हार टार्न सकेनन् । जितसँगै शेर्पाले ११ खेलबाट १० अंक जोडेको छ । च्यासलको १२ अंक छ ।