जाउलाखेललाई हराउँदै मनाङ तेस्रो,थ्रीस्टारको बाजी,शेर्पासँग एनआरटी स्तब्ध

काठमाडौं । साविक विजेता मनाङ मस्र्याङ्दी क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा तेस्रो भएको छ । एन्फा कम्प्लेक्स मैदानमा सुक्रबार भएको लिगको आफ्नो अन्तिम खेलमा मनाङले जाउलाखेल युथ क्लबाई १–० गोलले हरायो ।मनाङको जितमा निशान लिम्बुले निर्णायक गोल गरे । निशानले ५७औं मिनेटमा गरेको गोल मनाङका लागि प्रयाप्त बन्यो । जाउलाखेलको प्रहारलाई मनाङका गोलरक्षक दीप कार्कीले विफल पारेका थिए । दीप म्यान अफ दी म्याच भए । उनले १० हजार रुपैयाँ पुरस्कार पनि प्राप्त गरे । जितसँगै तेस्रो स्थानमा रहदै लिगको अन्त्य गरेको मनाङले २८ अंक बनायो । १९ अंक बनाएको जाउलाखेल छैटौं स्थानमा रह्यो ।

काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत पाटन डर्बीमा ललितपुरको क्लब थ्रीस्टारले बाजी मारेको छ । एन्फा कम्प्लेक्स मैदान सातदोवाटोमा शुक्रबार भएको खेलमा थ्रीस्टारले ललितपुरकै एनआरटी क्लब हिमालयन शेर्पा क्लबलाई २–० गोलले हरायो । थ्रीस्टारको जितमा भारतीय खेलाडी लाल रामाम्भ्रा र अनन्त तामाङले गोल गरे । थ्रीस्टारले दुवै गोल दोस्रो हाफमा गरेको थियो । ७०औँ मिनेटमा लाल राम्मव्राले हेड गोल गर्दै थ्री स्टारलाई सुरुवाती अग्रता दिलाए । उनले निशान खड्काको फ्रिकिक पासमा हेड गोल गरेका थिए । दोस्रो हाफको इन्जुरी समयमा अनन्तले पेनाल्टीमा गोल गर्दै थ्रीस्टारलाई सजिलै जिताए ।डि–बक्सभित्र च्यासलका छिरिङ गुरुङले लाल रामाम्भ्रालाई फल हानेपछि थ्रीस्टारले पेनाल्टी पाएको थियो । लाल रामाम्भ्रा म्यान अफ दी म्याच भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए । जितसँगै २६ अंक बनाएको थ्रीस्टार तेस्रो स्थानमा छ । अन्तिम खेलको हारसँगै १५ अंक बनाएको च्यासल आठौँ स्थानमा रह्यो ।

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको आफ्नो अन्तिम खेलमा एनआरटी क्लब हिमालयन शेर्पा क्लबसँग स्तब्ध बनेको छ । एन्फा कम्प्लेक्स मैदानमा सुक्रबार भएको खेलमा एनआरटी शेर्पासँग २–१ गोलले पराजित भयो । सुरुवाती अग्रता लिएरपनि एनआरटीले हार खेपेको थियो । ३१औं मिनेटमा राजेश परियारले गोलगर्दै एनआरटीलाई अग्रता दिलाएका थिए । शेर्पाले ४१ औं मिनेटमा शेर्पाले बराबरी गोल फर्कायो । स्टेफन समिरले गोलगर्दै खेललाई बराबरीमा ल्याए । पहिलो हाफको इन्जुरी समयमा त्रिदेव गुरुङले गोलगर्दै शेर्पालाई अग्रता दिलाए ।त्रिदेवको सोही गोल शेर्पाको जितमा प्रयाप्त बन्यो । त्रिदेव म्यान अफ दी म्याच भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए । लिगको सुखद अन्त्यसँगै १४ अंक बनाएको शेर्पा १०औं स्थानामा उक्लियो । १५ अंक बनाएको एनआरटी नवौं स्थानमा रह्यो ।