महिला रेस्लिगको विकासका लागि समाजसेवी रामचन्द्र ढकालको आर्थीक सहयोग

समाजसेवी तथा लायन्स क्लबका सदस्य रामचन्द्र ढकालले नेपालमा महिला रेसलिंग खेलकुदको विकास र विस्तारका लागि सहयोग हस्तान्तरण गरेका छन् । रु ७५ हजार नगत राशीको उक्त सहयोग महिला रेस्लिंग खेलकुदको विकास र उत्थानको लागि लागिपरेका रेस्लर त्रय भगवती खड्का युनिका र अस्मिता जुरेली र आकृति पुन मगरले संयुक्त रुपमा बुझेका थिए ।

सहयोग रक़म पाएपछि उत्साहित हुदै महिला रेसलिंग फ़ाउन्डेशनकी अध्यक्ष भगवती खड्का युनिकाले सहयोगी मनलाई धन्यबाद दिदै भनिन – यों सहयोगले हामीलाई उत्साहित बनाएको छ । सहि काम गरेर खेललाई अगाडी बढाउने हाम्रो प्रयत्न हुन्छ । दाता रामचन्द्र ढकालले पनि यसरी सहयोग गर्न पाएकोमा मन बहुत आनन्दित भएको बताए । सगरमाथा टिभीको इन्द्राणी कार्यक्रममा यों सहयोग हस्तांतरण भएको थियो ।

Posted by Ram C Dhakal on Thursday, February 13, 2020