इतिहास रच्दै मछिन्द्र बन्यो च्याम्पियन

सहिद स्मारक ए डिभिजन लिग २०७६ को उपाधि मछिन्द्र क्लबले जितेको छ । दशरथ रंगशालामा भएको खेलमा आर्मीका खेलाडीले गरेको आत्मघाती गोल मद्दतमा मछिन्द्र पहिलो पटक लिग च्याम्पियन बनेको हो । मछिन्द्रले लिगको अन्तिम खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १-० ले पराजित गरेको हो ।च्याम्पियन मछिन्द्रले ५० लाख नगद पनि पक्का गरेको छ ।

गत वर्ष अन्तिम दुई स्थानमा रहेर पनि रेलिगेसनमा नपरेको मछिन्द्रले यश सिजन एक अंक गुमाएपनि आर्मीलाई २ अंकले पछि पार्दै लिग जितेको हो । मछिन्द्रले १३ खेलबाट ३१ र आर्मीले २९ अंक जोड्यो । मछिन्द्रले यश सिजन हिमालयन शेर्पा क्लबसंग मात्र हार बेहोरेको थियो ।खेलको ३३औं मिनेटमा आर्मीका विकास तामाङको आत्मघाती गोलमा मछिन्द्रले अग्रता लिएको हो । मछिन्द्रका रन्जित धिमालले हानेको फ्रीकिकमा विकासले हेड गरेको बल आफ्नै पोष्टमा गोल भएको हो । त्यसपछि आर्मीका विकेश कुथु घाईते भएका थिए । लगत्तै उनले मैदान छाडेका थिए ।

दोस्रो हाफमा मछिन्द्रले अग्रता दोब्बर पार्ने मौका गुमायो । ६१ औं मिनेटमा मछिन्द्रका देवेन्द्र तामाङले पेनाल्टी बक्स भित्र बाट हानेको बल आर्मीका वैकल्पिक गोलकिपर विश्वास चौधरीले बचाए । ६७औं मिनेटमा आर्मीले अवसर सदुपयोग गर्न सकेन । टंक बहादुर बस्नेतको पासमा कप्तान भरतल खवासले पेनाल्टी बक्सबाट गरेको हेडर मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले बचाए । आर्मीका फरवार्डहरु मछिन्द्रको कम्प्याक्ट डिफेन्स तोड्न असफल रहे ।

ईन्जुरी टाईमको पहिलो मिनेटमा आर्मीका विकास तामाङको प्रहार मछिन्द्रका विशाल राईले गोललाईनबाट क्लियर गर्दै मछिन्द्रको संकट टारेका थिए । ९० दिनको निलम्बन अवधी सकाएका विमल घर्ती मगरले मछिन्द्रबाट खेलेका थिए । उनले खासै राम्रो प्रदर्शन गर्न सकेनन् । लिगमन यसअघि खासै दर्शकको उपस्थिती नभएपनि अन्तिम खेल हेर्न रंगशालामा करिब १० हजार दर्शक उपस्थित थिए । आर्मी दोस्रो पटक उपाधि नजिक पुगेर चुक्यो । यसअघि २०६३ सालमा पनि आर्मी अन्तिम खेलमा नेपाल पुलिसंग अन्तिम खेलमा पराजित हुादे उपाधिबाट बन्चित भएको थियो ।

उत्कृष्ट खेलाडी, कसले कति रकम पाए ?

शहिद स्मारक ‘ए’ डिभिजन लिगमा मच्छिन्द्र क्लब च्याम्पियन बनेको छ । दशरथ रंगशालामा शनिबार भएको लिगको अन्तिम खेलमा  त्रिभुवन आर्मी क्लबलाई १–० गोलले हराउँदै मच्छिन्द्र च्याम्पियन बनेको हो । मछिन्द्रले पहिलो पटक लिगको उपाधि जितेको हो ।मच्छिन्द्रले आर्मीका विकास तामाङको आत्मघाती गोलमा सहयोगमा उपाधि जित्यो । बराबरी गरे पुग्ने अन्तिम खेलमा आर्मीले खासै खेल्न सकेन । ३३औं मिनेटमा मच्छिन्द्रका रन्जित धिमालले फ्रिकिकमा बल बचाउने क्रममा विकासको प्रहार आफ्नै पोस्टमा छिरेको थियो ।

सोही बल बचाउने क्रममा गोलरक्षक बिकेश कुथु घाईते भएपछि खेल सात मिनेट रोकिएको थियो । घाइते भएर नसक्ने भएपछि विकेशलाई सिधै अस्पताल लगिएको थियो ।उपाधिसँगै मच्छिन्द्रले ५० लाख रुपैयाँ पायो । उपविजेता आर्मीले ३५ लाख रुपैयाँमा चित्त बुझायो । तेस्रो मनाएको मनाङले २५ लाख रुपैयाँ प्राप्त ग¥यो । मंसिर २८ गतेदेखि सञ्चालित लिगमा १४ टोलीले भाग लिएका थिए । सरस्वती रेलिगेसनमा प¥यो । विजेतालाई उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेल लगायतले पुरस्कार प्रदान गरेका थिए ।

गोलरक्षक – दिप कार्की मनाङ एक लाख ५० हजार रुपैयाँ

रक्षक – अनन्त तामाङ थ्री स्टार १ एक लाख ५० हजार रुपैयाँ

मिडफिल्डर– विशाल राई ‘बी’ मछिन्द्र एक लाख ५० हजार रुपैयाँ

स्ट्राइकर – भरत खवास आर्मी एक लाख ५० हजार रुपैयाँ

प्रशिक्षक – प्रवेश कटुवाल मछिन्द्र  एक लाख ५० हजार रुपैयाँ

फेयर प्ले टिम– थ्रीस्टार क्लब एक लाख रुपैयाँ

युवा खेलाडी – दर्शन गुरुङ एनआरटी एक लाख रुपैयाँ