परदेशवाट देशको सम्झना

युरोपमा रहेकी गीतकार रन्जना राईले आफ्नो मातृभुमी सम्झेर एउटा स्वदेश गान बनाएकी छिन् । निकै गहकिला शब्द रहेको उनको नयॉ गीतमा सिंगों देश बोलेको छ ।समर्पण, भुगोल र मनबाट देशप्रति उर्लेरका भावना समेटेर बनाईएको गीत सुन्दा मन विभोर हुन्छ ।

अर्जुन पोखरेलको संगीतमा पुरुषोत्तम सुवेदीको संगीत संयोजन रहेको यो गीतमा भारतिय गायिका संजिवनीको मिठो स्वर छ । लिरिकल भिडियो पनि राष्ट्रियता झलकाउने निकै राम्रा दृश्य समेटिएको छ । आफ्नो नयॉ एल्बम मीसाकी मा समावेश गर्ने सोचले यो गीत बनेको छ । मेरो देश बोलमा रहेको यो गीत परदेशमा रहेर स्वदेशसम्झिएर लेखिएकाले निकै मर्मशिल र युगान्तकारी छ । सरल र सरस शब्दले गीत गतिलो बनेको छ ।

https://youtu.be/N8DiKsFIBL4