गायक दिपक बज्राचार्यको नयाँ गीत ‘राति ‘ सार्वजनिक

दीपक बज्राचार्य फेरि एउटा प्रयोगात्मक गीत लिएर झुल्केका छन् । बाहिरी सौन्दर्य र भौतिक सम्पन्नता जीवनका अस्थायी पाटो मात्र हुन। एउटी युवतीलाई त्यसैको प्रतीकात्मक रुपमा देखाएर त्यसका विरुद्ध लडेको कथानकमा गीत र भिडियो बनेको छ । सत्यको जीत र असत्यको पराजय बुझाउन खोजिएको छ ।

रात लाई पनि एउटा प्रतिकको रुपमा पेश गरिएको छ । नकारात्मक कुराको प्रतिकको रुपमा रात प्रस्तुत गरिएको छ । गीतमा सास्कृतिक पाटों पनि समावेश छ । लाखें र झाक्रीको सकारात्मक रोल देखाईएको छ । गीत तथा भिडियो राम्रो बनेको छ । रिक्की शाक्यको लेखन सहि छ । सायद उनको मनको अन्तर्द्वन्द यों गीतमा प्रस्फुटन भएको हुनुपर्छ ।

दीपक बज्राचार्यले आफ्नो मिठो गला र सुर चलाएपछि ति शब्दले सहि आकार पाए । एउटा उत्कृष्ठ गीत फेरि जन्मियो । प्रदिप जोशीको संगीत संयोजन रहेको यो गीतको भिडियोमा राजेश श्रेष्ठले छायांकन र उज्ज्वल ढकालले संपादन गरेका छन् । भिडियोमा फ्रान्सेली युवती मार्गट अरनाउडलाइ फिचरिंग गरिएको छ ।

गायन र संगीतमा रमाई रहेका दीपक यो गीतमा भिडियो निर्देशक बनेर देखापरेका थिए। अबका केहि महिना नेपाली संगीतका अनुरागीहरुले गुन गुनाउने भए – “राती राती अप्ठ्यारो छ दिनमै भेट्नु , साह्रै गाह्रो लाग्दो रैछ मनलाई छेक्नु !!”