७० प्रतिशत पाउनु पर्ने चलचित्र निर्माता संघको माग

काठमाडौं – चलचित्र निर्माता संघ नेपालले चलचित्रको ब्यवसायबाट भएको आम्दानीको ७० प्रतिशत निर्माता तथा बितरकको हकमा  ३० हुनुपर्नेमा जोड दिएको छ ।
चलचित्रको आम्दानी प्रदर्शक र निर्माताबीच चित्त बुझ्दो बाँडफाड नभएको भन्दै संघले यो कुरो अघि सारेको हो ।

संघले एक बिज्ञप्ती जारी गर्दै ७० प्रतिशत निर्माता र ३० प्रतिशत हलको हकमा नभएसम्म प्रदर्शनको बिरुद्ध जारी रहेको निर्माताहरुको आन्दोलन कायम रहने जनाएको छ । संघले आकाश अधिकारी अध्यक्ष रहेको नेपाल चलचित्र निर्माता संघले इ–टिकटिङ्ग लागु गर्ने भनेर घुमाइ फिराइ निर्माताहरुलाई अन्योलमा पारेर हलवालालाई सम्पुर्ण अधिकार सुम्पन्न लागेको आरोप समेत लगाएको छ ।

‘नेपाल चलचित्र निर्माता संघ नेपालले इ–टिकटिङ्ग लागु गर्ने भनेर घुमाइ फिराइ घुमाइ फिराइ सम्पूर्ण निर्माताहरुलाई अन्योलमा पारी यो विषय केवल हल व्यवसायिको पोल्टामा सुम्पने योजना र नियत रहेको स्पष्ट रुपमा देखिन आयो’ संघका महासचिव बिमल पौडेलद्धारा बिज्ञप्तीमा अगाडी भनिएको छ, ‘यो धक्काले निर्मातालाई अझ डुबाउने र खाडलमा हाल्ने प्रवृत्ति र प्रकृति छर्लङ्ग देखिन आयो । यसले निर्माताको भविष्य अँध्यारो तिर जादैछ भनी हामी किटानका साथ भन्न सक्दछौ ।’

चलचित्र निर्माता संघ नेपाल,  नेपाल निर्माता संघ नेपालबाट असन्टुष्ट निर्माता हरुको समुह हो । यो संघको नेतृत्व कलाकार तथा निर्माता नवल खड्काले गरिरहेका छन् ।