नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कारबाट ६ जना पुरस्कृत

काठमाडौं । यस वर्षको नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कारबाट ६ जना श्रष्टा सम्मानित भएका छन् । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आठौं वार्षिकोत्सवको अवसर पारेर ६ विधामा ६ जना श्रष्टालाई पुरस्कार दिने घोषणा गरेको हो ।

यो पुरस्कारको नाट्य विधामा वरिष्ठ नाट्यविद् रामावतार यादव, संगीत विधानमा किरण खरेल, नृत्य विधामा सुभद्रा अधिकारी र लोककला विधामा एलपी जोशी पुरस्कृत भएका छन् ।

यसैगरी शास्त्रीय तथा परम्परागत सङ्गीत विधामा वरिष्ठ पौराणिक तथा शास्त्रीय वाद्यवादक एवम् गायक पुष्परत्न तुलाधर, रङ्गमञ्च विधामा वरिष्ठ नाट्यकर्मी मदनदास श्रेष्ठ पुरस्कृत भएका छन् ।

यो सबै पुरस्कारको राशी जनही एक लाख एक रुपैयाँ र ताम्रपत्र रहेको छ । यसअघि ६ विधामा मात्र पुरस्कार दिने गरेकोमा यसवर्ष दुई विधा थपेर ६ विधानमा पुरस्कार वितरण गर्न थालेको नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले जानकारी दिएको छ ।

पुरस्कार विशेष समारोह आयोजना गरी राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रदान गर्ने प्रतिष्ठानले जनाएको छ ।