गायक राज सागरको सन्देश मुलक गीत सार्वजनिक

विश्वमा कोराना त्रास दिन प्रतिदिन बढिरहेको पृष्ठभूमिलाई ध्यानमा राख्दै गायक राज सागरले गीतकार वसन्त चौधरीको शब्दमा ‘उद्धार गरौं यो मानवताको’ बोलको गीत सार्वजनिक गरेका छन् । आफ्नै संगीतमा रहेको यों गीत मार्फत राजले बिशुद्ध जागरण गर्ने उद्देश्य बोकेका छन् ।उक्त गीत राहुल विश्वकर्माले एरेन्ज गरेका हुन् ।गीतले वर्तमान संकट समाधान गर्न मिलेर अघि बढ्नुपर्नेमा जोड दिइएको छ ।गीत निकै चोटिलो र जोशिलो छ । सबै कोणबाट राम्रो छ ।