कलाकारिता नै प्राण ठान्ने पूजा

नेपाली कलाकारितामा विगत १ दशकदेखि संक्रिय कलाकार पूजा गुरुङमा जत्तिको जोश जागर अहिलेका कलाकारमा पाईदैन । अभिनय गर्न जस्ले जहां बोलायो त्यहॉ पुगि हाल्ने यिनको बानीले सबैको प्रिय बनाएको छ । सानो ठूलो केहि नभनि खुरु खुरु यिनी आफ्नो कर्ममा संक्रिय छिन् । उमेरले ४ दशक छुन लागिसकेता पनि यिनको उर्जा भने अहिले पनि कायम छ । कलाकार जुंगे भट्टराईले यिनलाई कलाकार बनाएका थिए । भट्टराईलाई यिनी आफ्नो गडफादर मान्दै आएकी छिन्। टेलिफिल्म , भिडियो फ़िल्म , नाटक, म्युजिक भिडियो व्युटिकन्टेस्ट सबै तिर यिनको निकै राम्रो उपस्थिती देखिन्छ । गीतिलेखनमा पनि संक्रिय छिन् । यसरी आफुलाई बहुआयामिक प्रतिभा सम्पन्न छु भनेर यिनले प्रमाणित पनि गरिसकेकी छिन् ।

नेपालको स्याङ्जा जिल्लाकी स्थाई बासिन्दा पूजाको पिता लाहुरे थिए । यम बहादुर गुरुङ र माता मनकला गुरुङकी छोरी यिनीले हालसम्म ५० वटा गीत र आधा दर्जन चलचित्र र दर्जनभन्दा बढि नाटक मा अभिनय गरिसकेकी छिन् । २०६५ सालमा पहिलो पटक बस्छु टोलाउदै गीत मा अभिनय गरे पश्चात यिनले म्युजिक भिडियोमा मौका पाउदै गईन। मिठो र गहकिलो अभिनय गर्ने क्षमताको कारण यिनलाई निर्देशकहरु ले नृत्यात्मक गीत भन्दा पनि अभिनयात्मक गीत खेलाउने। गम्भिर अभिनयमा यिनको विशेष दख्खल पनि दर्शकले देख्दै आएका छन् ।

चलचित्र रिङरोड र सौभाग्य मा पनि यिनलाई हेर्न सकिन्छ । चरित्र भुमिकामा यिनी राम्रोसंग खुलेकी छिन् । पल्टनको छाउनी , सपनीमा आई, जस्को दिलमा, आमा, पल्टनको लाहुरे, एस एल सीमा फेल आदि गीतका म्युजिक भिडियो चर्चित बनेका थिए ।यसरी अभिनय गर्दै जादा यिनी संगीतमा रमाउदै गईन । फलस्वरुप गीतमा लगानी पनि गर्न थालिन । २ वटा एल्बम नै तयार पारिन आफ्नै लगानीमा । हेराई ज्यानमारा र बाध्यताले पर्यो म हि्ड्न नामका यि एल्बमले पूजालाई निर्मात्रीको रुपमा पनि चिनायो ।

२०७० साल यता यिनको कालाकारितामा त्यति संक्रियता देखिदैन । एक त समय पनि परिवर्तन भयो । देशमा पनि संकट आयो । परिस्थितिले यिनलाई पनि घर व्यबहारमा अलमलायो । गृहस्थी निर्माण मा संक्रिय भएपछि कलायात्रा केहि समय रोकियो । अहिले सबै घर व्यबहारका काम सकाएर फेरि चिनिने र केहि गर्ने सोचका साथ जुर्मुराएकी छिन् ।सानो चिटिक्क परिवारमा रमाउदै आएकी पूजाको अभिनय प्यास अझै बुझेको छैन । फेरि पनि पहिलेकै रफ्तारमा संक्रिय हुने संकेत यिनले दिएकी छिन् । यस्को सुरुवात केहि महिना अधि सम्पन्न व्युटि कन्टेस्टमा सहभागी बनेर गरिसकेकी छिन् ।

विवाहिता गुरुङ सुन्दरी महिलाहरु वीच आयोजित मिसेस गुरुङ व्युटी कन्टेस्टमा मिसेस गुरुङ फस्ट रनरअप बनेपछि पूजा गुरुङ मा फेरि जोश जागर बढेको छ । २२ जना विवाहिता गुरुङ सुन्दरी महिलाहरु वीच भएको प्रतिस्पर्धामा  मिसेस गुरुङ फस्ट रनरअपको अलावा मस्ट पपुलर तथा बेस्ट वाक दुई थप टाइटल अवार्ड पनि जित्न पूजा गुरुङ सफल भएकी थिइन्। यसअघि मिसेस मंगोल २०१९ मा बेस्ट वाकको टाइटल अवार्ड जित्न सफल  पूजा गुरुङले अब आउने  दिनमा कलाकारितामा केहि गर्ने सोच बनाएकी छिन् ।

पूजा गुरुङको अर्को रुचिको विषय भनेको समाज सेवा पनि हो। कलाकारिता तथा व्यापार व्यवसायवाट फुर्सदको समयमा विभिन्न माध्यमवाट समाज–सेवा गर्ने कार्य पनि पूजा गुरुङवाट हुदैआएको छ। असहाय, अनाथ तथा अपाङ्गता भएका व्यक्तिहरुलाई सक्दो सेवा दिन पछि परेकी छैनन्। मरेर लानु केही छैन, बाँचुञ्जेलीको लागि त हो भन्ने महान विचारकी धनी पूजा गुरुङ सवैको खुशीमा नै आफ्नो सुख देख्ने गर्छिन्। यसैमा उनी आफूलाई सुखी पाउंछिन्। यसरी आफ्नो जिवनमा उत्साहित रहदै आएकी पूजा अहिले दुइ छोराको साथमा अत्यन्त ख़ुशी छिन् । उनको लक्ष्य अब कलाकारिता बाहेक केहि छैन । यसमै उनको मन बसेको छ ।