महाभूकम्पको त्रासमा कलाकारिता:सम्झना भूकम्प २०७२

वि.सं. २०७२ वैशाख १२ गते ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाक केन्द्र बनाई गएको ७ दशमलब ९ रेक्टर स्केलको महाभूकम्प र त्यसपछि गएका सयौं झट्काका कारण नेपाल र नेपालीले अकल्पनीय मानवीय तथा भौतिक क्षतिको सामना गनुप¥यो । यो राष्ट्रिय विपत्तीलाई सबैले नजिकबाट अनुभूत गर्न पाए । प्रभावित क्षेत्रकाले त मृत्युलाई नजिकबाटै हेर्ने बुभ्mने अवसर पाए । बाँच्न पाउनु नै ठूलो ठाने सबैले । भूकम्पले सिंगो देशलाई नै प्रभावित पारेपछि कला क्षेत्र पनि यो बाट अछुतो रहने सवाल नै रहेन । त्यसै त थिलो थिलो रहेको कला जगत झन् भूकम्पको झड्काले शून्य मै झारिदियो । संगीत, चलचित्र क्षेत्र पूर्णरुपमा ठप्प भयो ।
महाविनाशक भूकम्प जाँदा नेपाली संगीत, चलचित्र, र कलाकारहरु पनि त्यसको प्रभावमा परे । बैशाख ११ गतेबाट राम्रो व्यापारिक सुरुवात गरेको चलचित्र ‘रेसम फिलिलि’ ले निकै राम्रो व्यवसाय गर्ने ठोकुवा पनि खेर गयो । महाभूकम्पका कारण सबैभन्दा बढी व्यापारिक घाटा उक्त चलचित्रले भोग्नुप¥यो । सबैभन्दा बढी हल अकुपाई गरेको उक्त चलचित्रले दोस्रो शोमा चलचित्र चल्दा चल्दै महाभूकम्प गएर दर्शक भागाभाग भए । कुनै पनि हलमा दर्शक हताहत नभए पनि सम्पूर्ण हल ११ गते पश्चात लामो समय ठप्प रहे ।
कतिपय चलचित्रको छायांकन हुँदै थियो, काठमाडौंका अधिकांश रेकडिङ्ग स्टुडियोमा गीत रेकर्ड गरिदै थियो । पोष्ट प्रोडक्सन हाउसमा कतिपय चलचित्रका सम्पादन डबिङ्ग, म्यूजिक भिडियोका काम हुँदै थिए । ती सबैकाम एकाएक ठप्प भए । कलाकर्मीको ज्यान सुरक्षित रहे पनि मन भने हतास मानसिकतामा पुग्यो । हतास र अस्थिर मनले सृजना गर्ने प्रश्नै भएन । प्राय सबै कलाकार सुरक्षित स्थानमा पाल टाँगेर बसे । महाभूकम्पको मार काठमाडौं उपत्यका लगायत मध्यमाञ्चल क्षेत्रमा बढी परेकाले यहाँ रहेका चलचित्रकर्मी तथा संगीतकर्मी सबै आतंकित बने । महाभूकम्प पछि पनि बारम्बार आइरहेका सानातिना झट्काका कारण पनि चलचित्र हेर्ने, बनाउने, संगीत गर्ने, रकेर्ड गर्ने एल्बम निकाल्ने अवस्था रहेन ।

चलचित्र क्षेत्रको क्षति
चलचित्र ‘गोर्खाली’ को ‘काठमाडौंको नौतले धरहरा’ गीत निक्कै लोकप्रिय थियो । धरहरा आसपास छायांकन गरिएको यो गीतको पृष्ठभूमि ‘धरहरा’ १२ गतेको विनाशकारी महाभूकम्पले भत्काइदियो । ९० जनाको ज्यान लियो धरहराले । यसैलाई पृष्ठभूमि राखेर विगतमा थुप्रै चलचित्रको छायांकन भएका थिए ।
काठमाडौं भक्तपुर ललितपुरका दरबार क्षेत्रमा रहेका ऐतिहासिक धरोहरहरुलाई महाभूकम्पले ध्वस्त पारिदियो । यि क्षेत्रहरुमा नेपाली चलचित्रहरुको बाक्लै सुटिङ चल्यो । स्वदेशी तथा विदेशी थुप्रै चलचित्रको छायांकन यि क्षेत्रमा भएको थियो । आँधी तुफान, हरे राम हरे कृष्ण, घरवाली बहारवाली, महान, बेबी जस्ता हिन्दी फिल्म, लिटिल बुद्ध, जस्तो अंग्रेजी फिल्मका सुटिङ यहाँ गरिएको थियो । सयौं विज्ञापन फिल्म र म्यूजिक भिडियोको सुटिङ पनि त्यहाँ गरिएको थियो । यि सब अब इतिहास भयो । चर्चित हास्यश्रृङ्खला ‘भद्रगोल’ छायाँकन हुने गाउँ ‘मुड्खु’ पनि ध्वस्त छ । महाभूकम्पको चपेटामा परेर गाउँ पुरै धराशायी भएको छ । मेरी बास्सै छायांकन हुने कलंकीभन्दा माथिको गाउँ हसनटारका घरहरु पनि भत्किएका छन् । नगरकोट, पनि पुर्णरुपमा ध्वस्त छ । ककनी र सुन्दरीजलको हालत पनि त्यस्तै छ । साँखु त पूर्णरुपमा ध्वस्त छ ।
महाभूकम्पका कारण काठमाडौं उपत्यका रहेका ४० प्रतिशत हलमा क्षति पुग्यो । भूकम्प आउँदा काठमाडौंका हलहरुमा चलचित्र रेसम फिलिलि प्रदर्शन भैरहेको थियो । शनिबार यसै पनि चलचित्र हल भरिने दिन, त्यसमाथि एउटै गीतका कारण बहुप्रतिक्षित भएको चलचित्र ‘रेसम फिलिलि’ हेर्ने चाहनाका कारण उपत्यकामा अधिकांश हल हाउस फूल थिए । ११ बजेर ५६ मिनेटमा महाभूकम्प जाँदा काठमाडौंमा रहेका ८ वटै मल्टिप्लेक्स लगायत सबै हलमा उक्त चलचित्र प्रदर्शन भैरहेको थियो । भूकम्पको झट्का पछि आत्तिएका दर्शकहरु ज्यान बचाउन दौड धुप गर्न थाले । दर्शकहरुको संयम एव. हलको उचित व्यवस्थापनले गर्दा त्यसो हुन पाएन । तैपनि बौद्ध स्थित सिद्धार्थ हल बाहिरको पर्खाल भत्कदा १० जना दर्शक घाइते भए ।
महाभूकम्पपछि उपत्यकाका केही हल चर्किएका थिए भने केही ध्वस्त नै भए । काठमाडौंको बालाजुको अष्टनारायण हलका पर्खाल तथा पिलरहरु चर्किए भने गंगा हलमा सामान्य क्षति पुग्यो । कलंकी सिनेमामा पनि नोक्सानी भयो । सुन्धाराको सिटिसी मलस्थित अत्याधुनिक हल ‘सिने डी क्याफे’ पनि भवन चर्किएकाले पुनः मर्मत नगरी संचालनमा ल्याउन नसकिने भयो । कमल पोखरीस्थित सिटी सेन्टरको भवनमा पनि क्षति पुगेकाले उक्त भवनमा रहेको बिग मुभिज पनि बन्द भयो । केएल टावरको एफक्युबमा पनि ठूलै क्षति पुग्यो । बाँकी हलहरु पनि दर्शक आउनै डराएकाले बन्द नै भए ।

चलचित्र ‘रेसम फिलिलि’ त एउटा उदाहरण मात्र हो । प्रचार प्रसारका लागि मात्र लाखौं रुपैयाँ खर्च गरेर प्रदर्शनका लागि तयार भएका करिव एक दर्जन चलचित्र समेत भूकम्पका कारण प्रभावित भए । भव्य प्रचार प्रसारका साथ चलचित्र प्रदर्शनमा जुटेका निर्माताहरु भूकम्पबाट माथि उठ्नै नसक्ने गरि थलिए । प्रदर्शन मिति तोकेर प्रचार प्रसारमा अघि बढेका ती सबै चलचित्रले यतिबेला प्रदर्शनको नयाँ मिति तोकेर नयाँ बजेट खर्च गर्नुपर्ने अवस्था आएको छ । यसले अझ तनाव बढाएको छ ।
वास्तवमा बैशाख १२ गते गएको भूकम्पले मनोरञ्जनको प्रमुख विधा नेपाली चलचित्र उद्योग पूर्ण रुपमा बन्द भयो । बैंकबाट चर्को ब्याजमा लाखौं रुपैया ऋण लिएर निर्माण गरिएका चलचित्रहरु समयमै प्रदर्शन हुन नसक्दा निर्माताहरुको आर्थिक अवस्था दयनीय भयो भने समयमै चलचित्र निर्माण प्रारम्भ नहुँदा सयौं कलाकार तथा हजारौं प्राविधिक बेरोजगार भए ।
भूकम्पका कारण सिनेमा हलहरु मात्र होइन चलचित्र सम्बन्धी प्राय सबै गतिविधि ठप्प भए । प्राकृतिक विपत्तिले सम्पूर्ण देशलाई नै आक्रान्त बनाएका बेला चलचित्र मात्र होइन चलचित्रसम्बन्धी प्राय सबै गतिविधि ठप्प भए । प्राकृतिक विपत्तिले सम्पूर्ण देशलाई नै आक्रान्त बनाएका बेला चलचित्र क्षेत्र अछुतो रहने कुरै थिएन । चलचित्र केबल मनोरञ्जनका लागि मात्र हेरिने भएकाले अधिकांश नेपाली पिडामा भएका बेला चलचित्र हेरेर मनोरञ्जन लिने मुडमा कोही पनि थिएनन् । काठमाडौंका कतिपय सिनेमा घरहरु भूकम्पका कारण क्षतिग्रस्त भए । अवस्था कतिसम्म दयनीय भयो भने भूकम्पले प्रभाव नपारेको क्षेत्रमा समेत नयाँ नेपाली चलचित्र प्रदर्शन गरिएनन् । अरबौंको लगानी रहेको नेपाली चलचित्र क्षेत्रलाई रोजगारको माध्यम बनाएका हजारौं व्यक्ति करिब एक महिनासम्म अलपत्र परे । बैशाख २६ गतेबाट फेरी सञ्चालनमा आएका हलहरु पुन बैशाख २९ गते मध्यान्ह आएको अर्को ठूलो भूकम्पले मध्यान्हको शो हेरिरहेका दर्शकमा भागदौड मच्चियो ।
यदि बैशाख १२ गते नेपालमा भूकम्प नगएको भए बैशाख र जेठ महिनामा मात्र करिब २० वटा ठूला बजेटका चलचित्र प्रदर्शंनमा आउने थिए । ‘रेशम फिलिलि’ ले पहिलो दिन नै गरेको उत्साहजनक व्यवसायबाट अन्य निर्माताहरु समेत उत्साहित देखिएका थिए । यो अवधिमा प्रदर्शन हुने चलचित्रले कम्तीमा ५ देखि १० करोड रुपैयाँको व्यवसाय गर्ने पूर्व अनुमान गरिएको थियो । धेरै चलचित्र ले प्रचार प्रसारका लागि गरेको खर्च सब बेकार भयो ।
महाभूकम्पका कारण छायांकनमा रहेका चलचित्रको काम रोकियो । ब्रासलेट, ड्रिम, दोख, भाग सानी भाग, जस्ता चलचित्र सुटिङ, हुँदाहुँदै भूकम्प आएकाले सुटिङ्ग नै अवरुद्ध भयो । हलमा दर्शक नआए पछि घोषित प्रदर्शन मिति सबै बिग्रियो । चलचित्रकर्मी आफै पनि मानसिक रुपमा काम गर्न तत्पर भएनन् । भूकम्पले आम मानिसको जस्तै कलाकर्मीको मनस्थितिमा पनि प्रभाव पा¥यो । भूकम्पमै परेर कुनै पनि सिनेकर्मीको निधन नभए पनि धेरै प्राविधिकहरु यसबाट पिडित बने । केही सिने पत्रकार पनि पिडित भए ।

संगीत क्षेत्रमा पुगेको क्षति
महाभूकम्पले संगीत क्षेत्रलाई पनि धक्का दियो । सांगीतिक कामहरु सबै ठप्प भए । केही स्टुडियोहरुमा आशिंक क्षति भएपनि मानविय क्षतिको समाचार आएन । संगीतकर्मीका घर क्षतिग्रस्त भए पनि कोही हताहत भएनन् । त्यस्तो उल्लेखनिय क्षति संगीत क्षेत्रले भोग्नु परेन । केही एम.एम रेडियो स्टेशनमा क्षति पुगे पनि प्रसारण नै रोक्नु पर्ने अवस्था रहेन । ग्ल्यामर प्लसले बनाएको सांगीतिक लाइब्रेरी पूर्णरुपमा ध्वस्त भयो । हजारौं एल्बम र सांगीतिक पुस्तकहरु कामै नलाग्ने गरि नष्ट भए ।
बैशाख १२, १३ र २९ गतेका ठूला भूकम्पले संगीत क्षेत्रलाई पनि मार पा¥यो । नेपाली गीतको सिडीहरुको विक्री वितरण करिब करिब रोकिएको अवस्थामा यो क्षेत्रलाई धान्ने कार्य म्यूजिक भिडियोहरुले नै गरिरहेका थिए । भूकम्पका कारण करिब दुई महिना म्यूजिक भिडियोको निर्माण रोकियो । संगीत रोयल्टी समाजको एउटा तथ्याङकलाई विश्वास गर्ने हो भने नेपाली सांगीतिक क्षेत्रमा एक वर्षमा १ अरब ३५ करोड रुपैयाँ लगानी भैरहेको छ । यो हिसाबले एक महिनामा करिब १ करोड १५ लाख रुपैया लगानी हुन्छ । बैशाख र जेठ महिनामा सांगीतिक गतिविधिहरु शून्य प्राय रहेको अवस्थामा करिब साढे दुई करोड रुपैया घाटा भयो । एउटा तथ्यांक अनुसार नेपालमा ७५ वटा गीत रेकडिङ्ग स्टुडियो संचालनमा छन् । हरेक स्टुडियोमा दिनमा कम्तीमा एउटा गीत रेकडिङ्ग भैरहेको छ । यो तथ्याङ्कलाई आधार मान्ने हो भने नेपालमा दैनिक ७५ वटा गीत रेकर्ड हुन्छन् । पछिल्लो दुई महिनामा करिब १ सय ५० भन्दा बढी गीत रेकडिङ्ग हुन्थे । लगानीकर्ताले गीत रेकडिङ्गमा लगानी गर्दा गायक गायिका संगीतकार, तथा गीतकार मात्र होइन रेकडिङ्ग स्टुडियोमा प्राविधिक वाद्यवादक संगीत संयोजक सबैले आर्थिक लाभ पाउँथे । यो दुई महिनाको अवधिमा ४ सय ५० गीत रेकर्ड गरी करिब ५० लाख रुपैया लगानी हुन्थ्यो । भूकम्पका कारण त्यो सम्भव भएन ।
पछिल्लो समय म्यूजिक भिडियो निर्माणले पनि उद्योग कै रुप लिएको थियो । एउटा तथ्याङ्क अनुसार भूकम्प अघि दिनमा औसत ५ वटा म्यूजिक भिडियो निर्माण हुन्थे । एउटा म्यूजिक भिडियो निर्माण गर्न औसत १ लाख ५० हजार रुपैया लगानी गरिन्छ । यस आधारमा हेर्ने हो भने दुई महिनामा करिब ३ सय वटा म्यूजिक भिडियो भने निर्माण हुनुपर्ने थियो । ती भिडियो निर्माण गर्दा करिब ५ करोड रुपैया लगानी हुन्थ्यो । भूकम्पको कारण म्यूजिक भिडियोको निर्माण रोकिदा यो क्षेत्रले झण्डै छ करोड गुमायो । समग्रमा भूकम्पले म्यूजिक भिडियोको छायाँकारदेखि प्राविधिकसम्म पीडित भएपछि भिडियोको छायांकन प्रभावित भएको हो ।
भूकम्पको नकारात्मक प्रभाव काठमाडौंका अधिकांश दोहोरी साँझ, गजल रेष्टुरेण्ट तथा डिस्कोहरुमा समेत प¥यो । मनोरञ्जनका यी लोकप्रिय स्थलहरु प्रायः राति मात्र गूलजार हुने भएकाले करिब दुई महिनाको अवधीसम्म अधिकांश ग्राहक ति स्थलसम्म पुग्न प्रायः चाहेनन् । भूकम्पले सबैभन्दा बढी प्रभाव पारेको काठमाडौंको गोगंबु क्षेत्रमा मात्र दर्जनौं दोहोरी साँझ थिए । भूकम्पपछि उक्त क्षेत्रमा अधिकांश दोहोरी साँझहरुमा कम चहलपहल देखियो । कतिपय दोहोरी साँझ भत्किए । डिस्कोहरुमा पनि भूकम्पले क्षति पु¥याएको छ ।
भूकम्पले समग्रमा सिंगो मनोरञ्जन क्षेत्रलाई नकारात्मक प्रभाव पा¥यो । गाँस, बास कपासको आवश्यकतामै खलल पारेकाले पुरानै रफ्तारमा आउन अझै केही समय लाग्ने देखिन्छ ।

राहतमा कलाकार
महाभूकम्पले दिएको पिडामा मलम लगाउन कलाकार तम्सिए । आफ्नो चलचित्रको प्रचारात्मक तरिकाले राहत बाड्न चलचित्रकर्मी हौसिए । विभिन्न दाताबाट राहत संकलन गरेर पिडित क्षेत्रका पुगेर वितरण गर्न उनीहरु उत्साहित देखिए । राजेश हमाल, आर्यन सिग्देल, नम्रता श्रेष्ठ, सुवास गिरी, दिनेश रावत, दिनेश डि.सी., शान्तीप्रिय, रमेश उप्रेती, गजित विष्ट, झरना थापा, करिष्मा मानन्धर, दिपाश्री निरौला, पल्पसा डंगोल, राजकुमार राई, सिताराम कट्टेल, कुञ्जना घिमिरे, अर्जुन घिमिरे, भुवन के.सी., बाबुराम दाहाल, वसन्त निरौला, पवित्रा आचार्य, निकिता पौडेल, निरक पौडेल, रेशराज आचार्य, दयाराम पाण्डे, गौरी मल्ल, नीता पोखरेल, मनोज के.सी., डब्बु क्षेत्री, तेन्जिङ शेर्पा, रेश मरहठ्ठा, रेखा थापा, सुरेश दर्पण पोखरेल, आकाश अधिकारी, सरोज खनाल, मनोज गजुरेल, यादव खरेल, निर्मल शर्मा, पूजना प्रधान, आदि कलाकार राहतमा सक्रिय देखिए । उनीहरुले भूकम्प प्रभावित ठाउँमा राहत बाढ्ने काम गरेको देखियो ।
संगीतकर्मीहरु पनि राहतमा सक्रिय रहे । अमृत गुरुङ, रामकृष्ण ढकाल, कोमल वली, अमृत क्षेत्री, इन्दिरा जोशी, श्रृति सिंह, अर्पणा श्रेष्ठ, बुनु राई, लक्षु निरौला, अनन्त श्रेष्ठ, हेमन्त शर्मा, बद्री पंज्ञेनी, रमिला न्यौपाने, मुना थापा, कन्हैया सिंह, अञ्जना गुरुङ, युवराज चौलागाई, शिव परियार, अञ्जु पन्त, सुुनिता दुलाल, प्रमोद खरेल, योगन्द्रमणि दाहाल, विपिन किरण, राम भट्टराई आदि संगीतकर्मीले पनि राहत संकलन र वितरणमा योगदान दिए ।
भूकम्पको पिडा भुलाउन धेरै कलाकारले विभिन्न ठाउँमा गएर निशुल्क सांगीतिक कार्यक्रम पनि गरिदिए । यसले धेरैलाई पिडा मुक्त बनाएर आफ्नो काममा लाग्न ठूलो प्रेरणा दिएको छ ।