प्राश्ना शाक्यको कर्णप्रिय गीत सार्वजनिक

                                           

काठमाण्डौं‘आवाज देउ’ बोलको गीत गाएर चर्चामा आएकी गायिका प्राश्ना शाक्यको ‘हावा’ गीत सार्वजनिक भएको छ ।देश–विदेशको स्टेज कार्यक्रमहरुमा व्यस्त रहेकै बेला उनले गीत तथा भिडियो सार्वजनिक गरेकी हुन्।  गीत  निकै कर्णप्रिय छ।

सार्वजनिक ‘ए हावा’ बोलको गीतमा हरि लम्सालको संगीत र सरिता तुलाधरको शब्दरचना छ । गीतमा उदयराज पौडेलको एरेन्जमेन्ट छ ।

सुन्दर गीतको भिडियो पनि एकदमै उत्कृष्ट बनेको छ । युवराव वाईबाको निर्देशनमा बनेको म्युजिक भिडियोलाई उत्सव दहालले खिचेका हुन् भने निशान घिमिरेले सम्पादन गरेका हुन् ।अनिल र श्वेताको अभिनय रहेको छ ।बिछोडिएका प्रेमी–प्रेमीकाको कथालाई देखाउन खोजिएको छ ।