द्वारिकालाल जोशीकी नातिनी ‘लूमिला’संगीतमा आउने संकेत

यसपालीको एसइइ परिक्षा कोरोना भाईरसको कारण अनिश्चित भएपछि धेरै विद्यार्थीहरु दिक्क मानेर घरमै बसेका छन् । पढौ कति पढ्नु गरौ गर्ने केहि छैन । साह्रै पट्यार लाग्दो अवस्था छ बिद्यार्थीहरुको । तर गायिका लसता जोशीको छोरी लूमिला जोशीमा भने यस्तो दिक्दारी मन छैन । उनी बिहान ठिक समयमा उठ्छिन् । दैनिक गर्नु पर्ने सबै काम सकेर गिटार खेलाउछिन् ।

घरको वातावरण पनि संगीत मैत्री भएकाले उनी संगीतसंग  सानै वेलादेखि निकट थिईन । गिटार बजाउन बिस्तारै सिक्दै गईन । घरमा हजुरआमा नगीना र आमा लसताको संगीत क्रियाकलाप पनि देख्दै आएकाले उनमा पनि संगीतको प्रभाब पर्दै गयो । पछि गएर गायिका नै बन्छु भन्ने सोच विकास नभए पनि उनी संगीतसंग निकट रहदै भने आईन ।

उनको लेखाई पढ़ाई हिडाई खुवाई सबैमा संगीतकै देन छ । सायद यसैको प्रभाब हुन सक्छ एसइइ अनिश्चित भए पनि उनमा निराशा आएन । संगीतले उनलाई सधै फ्रेस र जागरी बनाउदै ल्यायो । त्यसैको प्रतिफल स्वरुप उनले यो लकडाउनको अवधीमा आफ्नै गीत लेख्न र कम्पोज गर्न समर्थ भईन । अब यो गीतलाई उनी कोरोना क़हर सकिएपछि रेकर्ड गराउने सोचमा छिन् ।

संगीतकार गायक द्वारिकालाल जोशीको परिवार नातिनी यसरी प्रतिभावान बन्दै गएकोमा अत्यन्त ख़ुशी छ । मामा शरद जोशी पनि युरोपबाट भान्जीलाई अनलाईनमा आएर गिटार सिकाउदैछन् । लूमिला पनि आफुलाई मनपर्ने अंग्रेजी र नेपाली गीत गाउदै युट्युभमा हाल्न थालेकी छिन् । हिजो एक्कासी गीत लेखेर मेलोडी बनाएर गायिका आमा लसतालाई सुनाईन । परिवार सबै तिन छक्क । यसरी १५ वर्षकै उमेरमा यसरी लेख्न र कम्पोज गर्न सक्नु पक्कै सानो कुरा होईन । यसरी नै गर्दै गईन भने एकदिन यिनी नेपालको स्टार बन्ने कुरामा दुईमत छैन ।

स्कुलको कार्यक्रम र लसता जोशीका कार्यक्रममा पनि यदाकदा आफ्नो प्रतिभा देखाउदै आएकी लूमिलाले आफुलाई हुने बिरुवाको चिल्लों पात प्रमाणित गर्दै आएकी छिन् । लूमिलाको परिवारमा उनको प्रतिभा देखेर हजुरआमा नगीना जोशी, आमा लसता जोशी , भिन्तुना जोशी र बिदेशमा रहेका मामा शरद जोशी पनि अत्यन्त प्रफुल्ल भएका छन् ।