रामकृष्ण, किरण र डा.आशबहादुरको समसामयिक गीत ‘प्रकृतिलाई’ सार्वजनिक

मानविय मन , प्रकृति र राष्ट्रलाई केन्द्रविन्दु बनाएर गहन गीतिकारिता गर्दै आएका गीतकार डा. आशबहादुर तामाङ्ग फेरि एउटा समसामयिक विषय र भावना बोकेर नयॉ गीतमार्फत श्रोता समक्ष झुल्किएका छन् ।

लोकप्रिय गायक रामकृष्ण ढकालको मिठो स्वर र किरण कडेलको संगीतमा रहेको यो गीतले अहिले संसारको साझा समस्यालाई इकिंत गर्दै मिठो भाब समेटेको छ । गीत सुन्दा मन विभोर हुन्छ । प्रस्तुत गीत नेपाली सेनाको आधिकारिक युट्युभ च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रकृतिलाई जितेर होईन, च्यापेर सृष्टि पालौं
हामी एउटै डुङ्गाको हौ, पिंध मिलेरै टालौं ।

तछाड् मछाड् धपेटी गर्दै, कसलाई जित्नु छ र 
कति दुषित बनाउँनु यो, भाबी सन्ततीको घर ।

माहामारीमा याद आयो, संजिवनीको मेरो देश
बांचौ र बचाउँ है, यही छ सबलाई सन्देश ।