घरमै बसि बसि मेकअप गरौ,बाहिर लकडाउन छ

 

प्रस्तुती: रेमा आचार्य

मेकअपले मानिसको सुन्दरतालाई बढाउने काम गर्छ । मेकअप बिनाको अनुहारमा चमक हुँदैन । मेकअपले मान्छेको पूरै बान्कीलाई नै परिवर्तन गरिदिन्छ । चाहे अफिस होस् वा कलेज होस्, हरेक ठाउँमा जादाँ मेकअप गर्नु जरुरी हुन्छ । मेकअक गर्नु पनि कला हो। कहिलेकाहीँ मेकअप गर्ने सही तरिका जानिएन भने त्यसले अनुहारलाई विकृत पनि पार्ने गर्छ ।

मेकअप गर्दा त्यसका बारेमा हेर्दा सामान्य लाग्ने तर अत्यावश्यक कुरा जान्न जरुरी हुन्छ । नत्र तपाईंको सानो गल्तीले  तपाईंको अनुहार बिग्रन सक्छ । रातिको पार्टीमा जानु छ भने मेकअप अलि बढी भएर केही फरक पर्दैन । दिउँसोको पाटीमा जाँदै हुनुहुन्छ भने  अलि कम मेकअप प्रयोग गर्दा राम्रो हुन्छ । पार्टी मेकअप भनेको ब्युटी पार्लर जानु मात्रै होइन ।

मेकअपको सही तरिका थाहा भयो भने घरमै मेकअप गर्ने सक्नु हुन्छ । मानिसको व्यक्तित्व खुलाउन मेकअप आवश्यक छ। त्यसमा पनि महिलाको सौन्दर्यका लागि मेकअप एउटा अनिवार्य आवश्यकताजस्तै हो। नियमित मेकअप गर्ने कामकाजी महिलाले हलुका मेकअप गर्नु राम्रो हुन्छ। बाहिर हिँडिरहने महिलाले क्याजुअल लुगाअनुसारको मेकअप गरेमा प्राकृतिक देखिन्छ। लुगाको रङअनुसारको लिपस्टिक र आइस्याडो प्रयोग गर्न सकिन्छ।

मेकअप विधि

सुरुमा अनुहार सफा गर्नुपर्छ । फेसवास, नरम क्लिन्जिङ आदि प्रयोग गर्ने । प्रयोगपछि राम्ररी पखाल्ने । गर्मी मौसममा घामको किरण सीधा छालामा परेमा असर देखिन सक्छ । यसका लागि मेकअपअघि मोस्चराइजर लगाउनुपर्छ । छालाको प्रकृतिअनुसार मेटिफाइङ प्राइमर अथवा आयल फ्री मोस्चराइजरको प्रयोग गर्नुपर्छ । यसो गर्दा छालाको तैलीय तत्व सुक्छ र मेकअप राम्रो देखिन्छ ।

त्यस्तै, घाममा हिँड्दा सनस्क्रिम पनि लगाउन सकिन्छ । मोस्चराइजरपछि प्राइमर लगाउनुपर्छ । लिपिस्टिक र आइस्याडो प्राकृतिक देखिने, वाटरप्रुफ र नटल्किने खालको लगाउनु उचित हुन्छ । मेकअपका सामान जहिले पनि ब्रान्डेड प्रयोग गर्नुपर्छ । जसले गर्दा गर्मीमा हिँड्दा पसिना वा पानीको कारण बग्ने, लत्पतिने सम्भावना हुँदैन । गर्मीमा सकेसम्म हलुका मेकअप गर्नु उपयुक्त हुन्छ । सकेसम्म फिका रङ छान्नु आवश्यक हुन्छ ।आँखामा आइलाइनरको प्रयोग गर्न सकिन्छ । त्यस्तै, चमकरहित (हलुका गुलाबी र सुन्तला रङको) आइस्याडो लगाउँदा राम्रो देखिन्छ । साँझ र रातको पार्टीमा चमक भएको आइस्याडो लगाउन सकिन्छ । तर, दिउँसो रंगीन मेकअप अनावश्यक देखिन सक्छ । छालाका दृष्टिकोणले समेत यो नराम्रो हो । त्यसैले, दिउँसोको समयमा सकेसम्म गाढा मेकअप नगर्नु नै वेश हुन्छ ।

अनुहारको बनावटअनुसार कपालको स्टाइल बनाएमा स्टाइलिस देखिन्छ । पसिनाको डरले गर्मीमा धेरैले कपाल बाँधेर हिँड्ने गर्छन् । जसले गर्दा टुक्रने डर रहन्छ । घरमा बस्दा सकेसम्म खुला छोड्न सकिन्छ ।

दिउँसोका लागि मेकअप गर्दै हुनहुन्छ भने त्यसको फिनिसिङ राम्रो हुनुपर्छ । त्यसको लागि सबैभन्दा पहिले अनुहारलाई राम्रोसँग सफा गर्नुपर्छ । त्यसपछि अनुहारमा टोनरको प्रयोग गर्नुपर्छ । टोनरको प्रयोगले पसिना र पानीले मेकअप बिगार्दैन । त्यसैले मेकअप लगाउनुअघि अनुहारलाई ‘क्लिजिङ’  वा ‘टोनिङ’ गर्नुपर्छ ।

तपाईंले गरेको मेकअपअनुसार नै हेयर स्टाइल पनि मिलाउनु पर्छ । अनुहारमा टोनर लगाइसकेपछि, अनुहारमा र ओठमा राम्रोसँग मोस्चराइजर लगाउनु पर्छ । ओठमा राम्रोसँग मोस्चराइजर लगायो भने लिपिस्टिक लगाउँदा ओठ फाटेजस्तो देखिँदैन । कहिलेकाहीँ समय अभावका कारण मानिसहरु आफ्नो अनुहारको हेरचाह राम्रोसँग गर्न सक्दैनन् । जसले गर्दा आँखामा डार्क सर्कल हुने, अनुहारमा दाग र चाउरिनेजस्ता समस्या देखिन सक्छ । यसलाई लुकाउन फाउन्डेसन प्रयोग गर्न सकिन्छ ।

तपाईंले ब्रसले फाउन्डेसन लगाउँदै हुनहुन्छ भने ब्रसलाई थिचेर नलगाउनुस् । अनुहारमा पाउडर लगाएपछि मेकअप ज्यादै राम्रो देखिन्छ तर पाउडर लगाउँदा पूरै अनुहारमा मिल्दो र सन्तुलन मिलाएर लगाउनु पर्छ । आँखामा गाजल लगाइसकेपछि आँखामा  ‘मसकरा’ लगाउन सकिन्छ । आँखाको मेकअप गर्दा चल्तीअनुसार लगाउनुपर्छ । ब्लसले तपाईंको लुकलाई परफेक्ट बनाइदिन्छ । लिप लाइनरको कलर र लिपिस्टिकको रङ एउटै हुनुपर्छ पनि बुझ्न जरुरी छ ।

                                                         (लेखक इमप्रेसन हेयर एण्ड व्युटिसैलुनसंग आबद्ध हुनुहुन्छ ।)