राष्ट्रियता उजागर गर्ने गीत ‘मैले टेक्ने जमिनमा’ सार्वजनिक

कोरोना त्रास फैलिएर विश्व आक्रान्त बनेको परिस्थिति मा त्रसित मनहरुलाई सितलता दिन गीतकार बसन्त वित्यासी थापाले एउटा राष्ट्रिय भावनाले ओतप्रोत गीत ‘ मैले टेक्ने जमिनमा’ श्रोता समक्ष ल्याएका छन् । दिपक लिम्बु , रिमा गुरुग, निशान मगर र बसन्त वित्यासी थापाको स्वर रहेको यों गीतमा निशान मगरको संगीत छ ।महाराज थापाको संगीत संयोजन रहेको यो गीतको आकर्षक भिडियोमा भुवन अक्षामी, दिपक श्रेष्ठ, आर्यन अक्षामी, सुस्मिता गिरी, प्रवित्रा थापा, प्रिया थापा , मनिराम थापा, बिजु थापाको नृत्यात्मक अभिनय छ । भिडियो निर्देशन र संपादन दिपेन वस्नेतले गरेका छन् । गीतको सबै पक्ष राम्रो छ । आफ्नो पन, आफ्नो प्रकृति र भौगोलिक सम्पदामाथि गर्व गर्दै आत्मनिर्भर भई स्वाभिमानका बाच्ने सन्देश गीतले बोकेको छ ।