राज र जीनाको राष्ट्रसेवकप्रति सलाम

गायक राज सागर र गायिका जीना रसाईलीको स्वरमा एउटा कोभिड १९ ‘कोरोना’ जागरण गीत सार्वजनिक भएको छ । सिंगो विश्व कोरोना कहरमा अतालिएको बेला आफ्नो आफ्नो राष्ट्रको सेवामा लागिपरेका सैनिक, प्रहरी, डाक्टर नर्स, सरकारी कर्मचारीले गरिरहेको काममा अझ थप हौसला दिने शब्द र त्यहि अनुसारको गीत लेखेर यसरी सार्वजनिक गर्नु तारिफ योग्य काम हो ।

यो गीतमा शब्द तथा संगीत ज्योति प्रकाशको छ । राहुल विश्वकर्माको संगीत संयोजन यो गीतमा छ । विपदको बेलामा यसरी संक्रियता देखाउने भगवानको अर्को रुपमा उदाएकाहरुको सटिक वर्णन गीतमा पाईन्छ