तिन सर्जकको पुकार- ‘प्रकृतिलाई माया गरौ‘

मानव सभ्यतालाई निकै ठुलो चुनौतीपुर्ण अवस्था सिर्जना भएको समय हो यो । कोरोना कहरलाई जित्नु छ । त्यसैलाइ आत्मवल र थप उर्जा दिने अभिप्रायले गीतकार आशबहादुर तामांग, संगीतकार किरण कडेल र गायक रामकृष्ण ढकालले तयार पारेको गीत ‘प्रकृति’ फेरि म्युजिक भिडियो सहित सार्वजनिक भएको छ ।

मानिस प्रकृतिको एउटा अंश हो । उसैको अंशले उसकै विरुद्ध गरेका क्रियाकलापको फल हरेक समय मानिसले भोग्दै आइरहेको छ । तर पनि प्रकृतिका हरेक चुनौतिलाई पार गर्दै मानिसले आफ्नो चेतना उच्च पार्दै आइरहेको छ । फेरि पनि मानिसले प्रकृतिको चुनौतीलाई जितमा लगभग परिणत गरिसकेको छ । कोरोनाको महामारीको यो विपदमा मानिसको मनमा मलम लगाउन एउटा सकारात्मक आशा र उर्जा बोकेको गीत हो यो । प्रकृति बिना मानिस अपुरो र अधुरो छ । भिडियोमा यो कुरा प्रस्ट पार्दै बिभिन्न प्राकृतिक छटा देखाइएको छ ।