कर्भी मोडलिङलाई प्रोत्साहित गर्न लागिपरेकी आरती

मोटोपना पनि सौन्दर्यको परिचायक हो । यसमा पनि सौन्दर्य लुकेको हुन्छ । झन हट्टाकट्टा मानिस बलिया र राम्रा हुन्छन् भन्ने मान्यता राखेर नेपालमा पनि कर्भी मोडलिङलाई प्रोत्साहित गर्न लागिपरेकी छिन् आरती प्रधान । आरती आफु स्यमं पनि मोडलिङ गर्दै र अरुलाई पनि गराउदै आएकी प्रतिभा सम्पन्न कोरियोग्राफ़र पनि हुन्। बिगत दुइ वर्षदेखि यो क्षेत्रमा लागिपरिरहेकी आरती अव संस्थागत रुपमा यसमै लागिपर्ने सोचमा छिन् । कर्भी मोडलहरुलाई समाजमा संक्षम बनाएर उभ्याउने उनको सोच छ । अभिनय , नृत्य, गायनजस्ता प्रतिभा कर्भी मोडलहरुमा पनि हुन्छ । त्यसको सहि उजागर नभएकाले धेरै मानिसहरु पछि परिरहेका छन् । यिनै कुरालाई महसुस गरेर आरती पनि अब केहि गर्नु पर्ने सोचमा पुगेकी छिन् । मिस नेपाल कर्भी नामक ट्यालेन्ट शो मार्फत प्रतिभाहरु जन्माउने र अवसर सिर्जना गर्ने काममा दत्तचित्त छिन् । हेरौ उनलाई तस्विरमा-