मदन गोपालको देशभक्तिपूर्ण गीत सार्वजनिक

नेपाली कलाकर्मी कति जागरुक र सृजनशील छन् भन्ने कुरा पटक पटक प्रमाणित गर्दै आएका छन् । देशमा जे समस्या देखिन्छ त्यसैमा गीत बनाएर नाच्ने गाउने परम्परा पुरानै हो । अहिले सिमा समस्या चरम उत्कर्षमा छ । हाम्रा कलाकार त्यसैमा गीत बनाउन अनेकौ बाधा अडचन झेलेर काम गरिरहेका छन् । दर्जन भन्दा बढि गीत यसमै बनिसकेका छन् ।

यसै शिलशिलमा अहिले गायक संगीतकार मदन गोपाल पनि झुल्केका छन् । रमेश अधिकारीको शब्दमा आफ्नै स्वर र संगीतमा ‘लिपुलेकको बाटो’ बोलको गीत सार्वजनिक गरेका छन् । स्वरमा उनलाई आर के श्रेष्ठले पनि साथ दिएको यो गीतमा सुशान्त गजुरेलले रेकर्ड , मास्टर र मिक्सिंग गरेर मिठो बनाएका छन् । गीत निकै जोसिलो छ । सुन्दै जो कोहि को रगत उम्लिन्छ ।