जुनुको पिडात्मक गीत ‘सकिदैन हॉस्न’ सार्वजनिक

गायिका जुनु गौतमको स्वरमा ‘सकिदैन हॉस्न’ बोलको गीत सार्वजनिक भएको छ । भरत घिमिरेको शब्द तथा मनराजा नकर्मीको संगीत रहेको रोमान्टिक पाराले गीतमा प्रेम पिडा पोखिएको छ । भिडियोमा जुनु आफैले अभिनय गरेकी छिन् भने भिडियो निर्देशन चेतन गौतम र छायॉकंन र संपादन निखिल थापाको रहेको छ । भिडियोमा कथात्मक दृश्यभन्दा पनि गायनदृश्यलाई बढि महत्व दिएको देखिन्छ । प्रेम पिडा जुनुको स्वरमा सुहाएको छ ।