रेस्लर अस्मिता जुरेली गायनमा

रेस्लिङ्ग खेल संगै कला क्षेत्रमा पनि सक्रिय अस्मिता सुनार (जुरेली)ले पहिलो पटक आफ्नै आवाजमा गीत गएकी छिन। गीत र सिरियलहरुमा अभिनय गर्दै आएकी अस्मिता अब गायनमा पनि जम्ने सुरमा छिन् । कोरोना कहरको कारण तात्न नसकिरहेको तीजको माहौल तताउने सोचले उनले यसपाली तिजकै गीत रोजेकी छिन् ।

ओम सुनारको संगीत रहेको उक्त गीत “मानिदेउन शिव जी“लाइ शिवम अधिकारीले लेखेका हुन् भने गीतमा  दुर्गेश थापा,अस्मिता जुरेली,लोमश शर्मा ,नरेश सिंह, रविन्द्रप्रताप सेन ,समिर खान,प्रेम खड्का , कजिस श्रेष्ठ, अर्जुन गौतम, रमेश थापा दिनेश कठायत,धुर्व हिमाली आदीको कलाकारको अभिनय हेर्न पाइने उक्त गीतको भिडियोको शुटिङ्ग भखरै समापन भएको छ। शिव बिकको निर्देशनमा तयार भएको भिडियो नृत्य प्रधान छ । यो गीतमा अस्मिताकोै बेजोड नृत्य देख्न सकिन्छ ।